Logo

यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर

अ+ अ-

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आज (सोमबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपियाँ २३ पैसा र बिक्रीदर १५२ रुपियाँ ८३ पैसा निर्धारण गरिएको छ ।

युरोपियन युरो एकको खरिददर १७३ रुपियाँ ७५ पैसा र बिक्रीदर १७४ रुपियाँ ४३ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०४ रुपियाँ १० पैसा र बिक्रीदर २०४ रुपियाँ ९१ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८८ रुपियाँ २८ पैसा र बिक्रीदर १८९ रुपियाँ ०२ पैसा कायम गरिएको छ ।

अस्ट्रेलियन डलर एकको खरिददर १०५ रुपियाँ ८४ पैसा र बिक्रीदर १०६ रुपियाँ २६ पैसा, क्यानेडियन डलर एकको खरिददर १०७ रुपियाँ ५३ पैसा र बिक्रीदर १०७ रुपियाँ ९६ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११७ रुपियाँ ८५ पैसा र बिक्रीदर ११८ रुपियाँ ३१ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपियाँ ४१ पैसा र बिक्रीदर नौ रुपियाँ ४५ पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपियाँ ४६ पैसा र बिक्रीदर २२ रुपियाँ ५५ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपियाँ ५५ पैसा र बिक्रीदर ४० रुपियाँ ७१ पैसा, कतारी रियाल एकको खरिददर ४१ रुपियाँ ७८ पैसा र बिक्रीदर ४१ रुपियाँ ९४ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपियाँ ५७ पैसा र बिक्रीदर चार रुपियाँ ५९ पैसा, युएई दिराम एकको खरिददर ४१ रुपियाँ ४५ पैसा र बिक्रीदर ४१ रुपियाँ ६१ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपियाँ ४० पैसा र बिक्रीदर ३७ रुपियाँ ५५ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपियाँ १५ पैसा र बिक्रीदर १० रुपियाँ १९ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपियाँ ७५ पैसा र बिक्रीदर १५ रुपियाँ ८२ पैसा र डेनिस क्रोनर एकको खरिददर २३ रुपियाँ २५ पैसा र बिक्रीदर २३ रुपियाँ ३४ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १९ रुपियाँ ४२ पैसा र बिक्रीदर १९ रुपियाँ ४९ पैसा, कुवेती दिनार एकको खरिददर ४९४ रुपियाँ ६५ पैसा र बिक्रीदर ४९६ रुपियाँ ६० पैसा, बहराइन दिनार एकको खरिददर ४०३ रुपियाँ र ७६ पैसा बिक्रीदर ४०५ रुपियाँ ३५ पैसा, ओमनी रियाल एकको खरिददर ३९५ रुपियाँ ३८ पैसा र बिक्रीदर ३९६ रुपियाँ ९४ पैसा रहेको छ ।

भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।