Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

सोल्टी होटलको आम्दानी ३ अर्ब १४ करोड, नाफा १६.५१ प्रतिशत बढ्यो

अ+ अ-

काठमाडौं । सोल्टी होटल लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ मा आफ्नो वित्तीय प्रदर्शन सुधार गर्दै खुद नाफा ७६ करोड ११ लाख रुपैयाँ पुर्‍याएको छ । यो अघिल्लो आर्थिक वर्षको ६५ करोड ३२ लाख रुपैयाँको तुलनामा १६.५१ प्रतिशत बढी हो ।

कम्पनीको नाफा वृद्धिमा आम्दानी विस्तार मुख्य आधार बनेको छ । गत आर्थिक वर्षमा सोल्टी होटलले ३ अर्ब १४ करोड रुपैयाँ आम्दानी गरेको छ । अघिल्लो आर्थिक वर्षको २ अर्ब ७७ करोड रुपैयाँको तुलनामा कम्पनीको आम्दानी १३.४९ प्रतिशत बढेको हो ।

आम्दानीसँगै नाफा बढेपछि कम्पनीको वित्तीय सूचकमा पनि सुधार देखिएको छ । कम्पनीको प्रतिसेयर आम्दानी ६ रुपैयाँ ३९ पैसाबाट बढेर ६ रुपैयाँ ४८ पैसा पुगेको छ ।

त्यस्तै, प्रतिसेयर नेटवर्थ पनि २७ रुपैयाँ १ पैसाबाट बढेर २८ रुपैयाँ ५२ पैसा पुगेको छ । यसले कम्पनीको प्रतिशेयर सम्पत्ति आधारमा समेत सुधार भएको देखाउँछ ।

सोल्टी होटलको चुक्ता पुँजी १ अर्ब ७५ करोड रुपैयाँ रहेको छ । कम्पनीको जगेडा तथा सञ्चित नाफा कोषमा २ अर्ब १७ करोड ६५ लाख रुपैयाँ सञ्चित रहेको छ ।

कम्पनीको मूल्य आम्दानी अनुपात अर्थात् पीई रेसियो भने घटेको छ । अघिल्लो वर्ष ९०.३५ गुणा रहेको पीई रेसियो गत आर्थिक वर्षमा ७५.५८ गुणामा झरेको छ ।

त्यस्तै, पूँजीकोष अनुपात ०.०२ प्रतिशतबाट घटेर ०.०१ प्रतिशत कायम भएको छ ।

समग्रमा सोल्टी होटलको गत आर्थिक वर्षको वित्तीय विवरणले आम्दानी र नाफा दुवैमा दोहोरो सुधार देखाएको छ । होटल तथा आतिथ्य क्षेत्रमा आम्दानी बढ्दै जाँदा कम्पनीको नाफा वृद्धिमा समेत त्यसको प्रत्यक्ष प्रभाव परेको देखिन्छ।

2