काठमाडौं: नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबारका लागि सुनचाँदीको नयाँ मूल्य सार्वजनिक गरेको छ। महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ८१ हजार ५०० रुपैयाँ कायम भएको छ।
आइतबार सुन प्रतितोला दुई लाख ७८ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। यसरी सोमबार सुनको मूल्यमा अघिल्लो दिनको तुलनामा प्रतितोला तीन हजार रुपैयाँले वृद्धि भएको हो।
त्यस्तै, चाँदीको मूल्यमा पनि वृद्धि देखिएको छ। आइतबार प्रतितोला तीन हजार ९५५ रुपैयाँमा कारोबार भएको चाँदी सोमबार ४० रुपैयाँले बढेर तीन हजार ९९५ रुपैयाँ पुगेको महासंघले जनाएको छ।
