Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

नेपालगञ्ज उद्योग वाणिज्य सङ्घमा ओली निर्वाचित

नेपालगञ्ज उद्योग वाणिज्य सङ्घमा ओली निर्वाचित
अ+ अ-

बाँके। बाँकेको नेपालगञ्ज उद्योग वाणिज्य सङ्घको निर्वाचनबाट नयाँ नेतृत्व चयन भएको छ । अध्यक्ष पदमा चिरञ्जीवी ओली फराकिलो मतसहित विजयी भएको छ । आज सार्वजनिक भएको मतपरिणामअनुसार ओली एक हजार ३८६ मतसहित विजयी भएको हो । अध्यक्ष पदका प्रतिद्वन्द्वी ध्रुवप्रसाद दाहालले ३७४ मत प्राप्त गरे । यसअघि ओली सङ्घमा वरिष्ठ उपाध्यक्ष थिए ।

महिला उपाध्यक्षमा रूपा ओझा एक हजार १६६ मतसहित विजयी भए । उनको निकटतम प्रतिद्वन्द्वी उमा ग्राण्डनले ५०३ मत प्राप्त गरे । निर्वाचनको अन्तिम नतिजाअनुसार महासचिव पदमा विष्णु श्रेष्ठ एक हजार २८७ मतसहित विजयी हुँदा सोही पदका अर्का उम्मेदवार दीपेन्द्रकुमार जोशीले ४०८ मत प्राप्त गरे ।

उपमहासचिव पदमा प्रदीप आचार्य विजयी हुनभएको छ । उहाँले ८६४ मत प्राप्त गर्दा उनका प्रतिद्वन्द्वी शिवप्रसाद दाहालले ८४२ मत प्राप्त गरे । त्यसैगरी कोषाध्यक्ष पदमा टीकामणि उपाध्याय ९१७ मतका साथ विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी सूर्य श्रेष्ठले ५९८ र नारायण प्रसाईंले १८३ मत प्राप्त गरेका गरे ।

दश जना कार्यसमिति सदस्य पदका लागि भएको निर्वाचनमा सन्तोषकुमार पौडेल, तोपबहादुर थापा नन्दराम जैसी शरदराज अधिकारी, नगेन्द्र शाही, आदित्य गुप्ता, जाहाँगिर मुसलमान, शरदप्रसाद रिजाल, सुरजबहादुर भण्डारी र अतुलकुमार गुप्ता विजयी भएको छ । निर्वाचनमा यसअघि नै उपाध्यक्षद्वय उद्योगतर्फ कमलकुमार कार्की र वाणिज्यतर्फ विष्णुप्रसाद श्रेष्ठ निर्विरोध भएको थियो ।

2