Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt casinomhub

अमेरिका–इजरायल सैन्य सहकार्य: दई अर्ब ८० करोड डलरको हतियार बिक्री प्रस्ताव

अमेरिका–इजरायल सैन्य सहकार्य: दई अर्ब ८० करोड डलरको हतियार बिक्री प्रस्ताव
तस्बिर: एएनआई
A A+ A-

वासिङ्टन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले इजरायललाई करिब दई अर्ब ८० करोड अमेरिकी डलर बराबरको हतियार बिक्री गर्ने तयारी गरेको छ ।

प्रस्तावित सम्झौतामा दुई हजार पाउन्ड तौलका करिब ४० हजार शक्तिशाली बम समावेश छन् । यिनमा २० हजार ‘एमके–८४’ र २० हजार ‘बीएलयू–११७’ बम रहेका छन् ।

अमेरिकी अधिकारीहरूका अनुसार प्रस्तावित हतियार सम्झौता अझै अन्तिम चरणमा पुगेको छैन । यसबारे अमेरिकी संसद्लाई अनौपचारिक रूपमा जानकारी गराइसकिएको छ ।

सम्झौताको अधिकांश रकम विदेशी सैन्य वित्तीय सहयोगअन्तर्गत उपलब्ध गराइनेछ, जसबाट इजरायलले अमेरिकाबाटै यी हतियार खरिद गर्नेछ ।

यी शक्तिशाली बमको सम्भावित प्रयोगलाई लिएर गाजामा ठूलो मानवीय क्षति हुन सक्ने चिन्ता विगतमा उठेको थियो । यही कारण तत्कालीन राष्ट्रपति जो बाइडेनको प्रशासनले सन् २०२४ मा दुई हजार पाउन्डका बमको एउटा खेप इजरायल पठाउन रोक लगाएको थियो । तर ट्रम्प पुनः राष्ट्रपति बनेपछि उक्त रोक हटाइएको थियो ।

गाजामा जारी युद्धका कारण दशौँ हजार प्यालेस्टिनीको मृत्यु भएको र क्षेत्रको ठूलो हिस्सा ध्वस्त भएको छ । सन् २०२३ अक्टोबर ७ मा हमासले इजरायलमाथि गरेको घातक आक्रमणपछि इजरायलले गाजामा सैन्य अभियान सुरु गरेको थियो । युद्धका कारण गाजामा गम्भीर मानवीय संकट उत्पन्न भएको छ ।

अमेरिकाले गाजामा युद्धविराम कायम गर्न मध्यस्थता गर्दै आएको भए पनि विभिन्न क्षेत्रमा हिंसा अझै जारी रहेको समाचारमा उल्लेख छ । यसैबीच, ट्रम्प प्रशासनले इजरायलको सैन्य क्षमता थप बलियो बनाउन विभिन्न कदम अघि बढाइरहेको छ ।

इजरायल र अमेरिकाबीचको सम्बन्धमा केही विषयमा मतभेद देखिए पनि दुवै देशबीचको सैन्य तथा सुरक्षा सहकार्य भने निरन्तर रहेको छ । विशेषगरी इरानसँगको द्वन्द्वपछि दुई देशबीचको सम्बन्धमा केही जटिलता देखिएको थियो । राष्ट्रपति ट्रम्पले इरानसम्बन्धी विषयमा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुप्रति केही असन्तुष्टि पनि व्यक्त गरेका थिए ।

तर पछिल्लो प्रस्तावित हतियार सम्झौताले अमेरिका र इजरायलबीचको सैन्य सहकार्य कायमै रहेको देखाउँछ । जुलाईमा ट्रम्प र नेतन्याहुबीच ह्वाइट हाउसमा भेटवार्ता पनि भएको थियो ।(रासस/एपी)

2