Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt

रसुवामा बाढीले १४ जलविद्युत् आयोजना र प्रसारण पूर्वाधारमा क्षति पुर्‍यायो

रसुवामा बाढीले १४ जलविद्युत् आयोजना र प्रसारण पूर्वाधारमा क्षति पुर्‍यायो
A A+ A-

काठमाडौं। चीनको तिब्बततर्फबाट रसुवा जिल्लामा आएको आकस्मिक बाढीले दर्जनौँ जलविद्युत् आयोजना, प्रसारण लाइन तथा त्रिशूली–३बी हब सबस्टेसनमा गम्भीर क्षति पुर्‍याएको छ। बाढीका कारण त्रिशूली करिडोरबाट काठमाडौं उपत्यकातर्फ आउने विद्युत् आपूर्ति प्रभावित भएपछि उपत्यकामा विद्युत् कटौती हुनसक्ने जोखिम बढेको छ।

नेपाल विद्युत् प्राधिकरणका अनुसार बाढीले रसुवा र नुवाकोटमा सञ्चालनमा रहेका तथा निर्माणाधीन गरी १४ वटा जलविद्युत् आयोजना र प्रसारण पूर्वाधारमा क्षति पुर्‍याएको छ। प्रभावित आयोजनाको कुल क्षमता ७४८ मेगावाट रहेको प्राधिकरणले जनाएको छ।

बाढीबाट रसुवागढी (१११ मेगावाट), सान्जेन खोला (७८ मेगावाट), लाङटाङ खोला (२० मेगावाट), चिलिमे (२२ मेगावाट), माथिल्लो त्रिशूली–३ए (६० मेगावाट), त्रिशूली (२४ मेगावाट) र देवीघाट (१४.१ मेगावाट) जलविद्युत् आयोजनाका पावरहाउस तथा अन्य संरचनामा क्षति पुगेको छ।

त्यसैगरी, त्रिशूली र रसुवा क्षेत्रमा उत्पादित करिब ६०० मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोड्ने क्षमता रहेको २२०/१३२/३३ केभी त्रिशूली–३बी हब सबस्टेसनमा समेत क्षति पुगेको छ। प्रसारण पूर्वाधारमा आएको क्षतिका कारण त्रिशूली करिडोरबाट काठमाडौं उपत्यकामा आउने करिब ४०० मेगावाट विद्युत् आपूर्ति अवरुद्ध भएको प्राधिकरणले जनाएको छ।

ठूलो परिमाणमा विद्युत् आपूर्ति प्रभावित भएपछि नेपाल विद्युत् प्राधिकरणका लागि उपत्यकाको विद्युत् व्यवस्थापन चुनौतीपूर्ण बनेको छ। काठमाडौं उपत्यकाको विद्युत् माग धान्न महत्वपूर्ण योगदान गर्ने आयोजनाहरू प्रभावित भएपछि सम्भावित लोडसेडिङको जोखिम बढेको हो।

सम्भावित विद्युत् कटौती न्यूनतम राख्न प्राधिकरणले वैकल्पिक स्रोतबाट उपत्यकाको आपूर्ति व्यवस्थापन गर्ने तयारी थालेको छ।

प्राधिकरणका कायममुकायम कार्यकारी निर्देशक दीर्घायु श्रेष्ठका अनुसार लोड डिस्प्याच सेन्टर (एलडीसी) का प्रतिनिधिसँग छलफल गरी विद्युत् व्यवस्थापनका लागि प्राविधिक अध्ययन भइरहेको छ।

उपत्यकाबासीलाई विद्युत् कटौतीको प्रत्यक्ष मार पर्न नदिन अधिकतम प्रयास भइरहेको र विद्युत् आपूर्तिबारे स्पष्ट खाका तथा अन्तिम निर्णय साँझसम्म आउने श्रेष्ठले बताएका छन्।

त्रिशूली करिडोरको विद्युत् आपूर्ति अवरुद्ध भए पनि वैकल्पिक प्रसारण मार्गबाट उपत्यकाको आपूर्ति कायम राख्ने रणनीति प्राधिकरणले अघि सारेको छ। २२०/१३२ केभी मातातीर्थ सबस्टेसनमार्फत मर्स्याङ्दी करिडोरबाट तथा लप्सीफेदी र चाँगुनारायण सबस्टेसनमार्फत तामाकोशी र सुनकोशी करिडोरबाट थप विद्युत् आपूर्ति बढाउने तयारी भइरहेको छ।

स्यूचाटारस्थित राष्ट्रिय ग्रिड नियन्त्रण केन्द्रमार्फत बानेश्वर, टेकु, बालाजु, लैनचौर, पाटन र भक्तपुरलगायत वितरण सबस्टेसनमा वैकल्पिक लाइनबाट विद्युत् प्रवाह गराएर आपूर्ति नियमित राख्ने प्रयास भइरहेको प्राधिकरणले जनाएको छ।

बाढीबाट जलविद्युत् उत्पादन तथा प्रसारण पूर्वाधारमा एकैपटक ठूलो क्षति पुगेपछि विद्युत् उत्पादन, प्रसारण र आपूर्ति प्रणालीमा यसको प्रभाव कति समयसम्म रहने भन्ने यकिन भइसकेको छैन।

2