Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel bahsegel bettilt-app.com bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis bahsegel güncel giriş

मुस्ताङ–डोल्पा सडक स्तरोन्नति गर्न ११ करोड बजेट

मुस्ताङ–डोल्पा सडक स्तरोन्नति गर्न ११ करोड बजेट
A A+ A-

मुस्ताङ।गण्डकी प्रदेशको मुस्ताङ र कर्णाली प्रदेशको डोल्पा जोड्ने सडक मर्मत तथा स्तरोन्नतिका लागि संघ र प्रदेश सरकारबाट ११ करोड बजेट विनियोजन भएको छ।

त्यस सडक निर्माण तथा स्तरोन्नतिका लागि संघ र प्रदेशले रणनीतिक महत्त्वको सडकका रुपमा बेग्ला–बेग्लै शीर्षकमा बजेट विनियोजन गरेका हुन्। हाल काम चलाउका रुपमा त्यस क्षेत्रमा सडक जोडिएको भए पनि उक्त क्षेत्रमा सहज रुपमा यातायात सञ्चालन हुन सकेको छैन।

मुस्ताङको वारागुङ–३ एक्लेभट्टीदे छुकसुम्बसम्म सडकको अवस्था सामान्य रहे पनि छुकसम्बदेखि भेरोलसम्म जोखिमपूर्ण छ। त्यस खण्डमा कतिपय स्थानमा ट्याक खोल्न बाँकी नै छ भने कतिपय साँघुरो घुम्तीका कारण ट्याक्टर समेत सञ्चालन गर्न सकिएको छैन।

यद्यपि उपल्लो डोल्पाका लागि उक्त सडक निकै महत्त्वपूर्ण पहुँच मार्गका रुपमा लिने गरिएको छ। त्यहाँका नागरिकलाई खाद्यान्न ढुवानीदेखि पोखरा–काठमाडौं आवतजावत गर्न उक्त सडक सबैभन्दा छिटो र सहजको रुपमा हुने अपेक्षा गरिएको छ। त्यस सडक निर्माण सम्पन्न भएपछि माथिल्लो डोल्पामा भ्रमण गर्ने पर्यटकका लागि समेत सहज हुनेछ।

उक्त सडकको छुकसम्मदेखि भेरोलसम्मको करिब चार किलोमिटर निर्माण तथा स्तरोन्नतिका लागि गण्डकी प्रदेश सरकारबाट चालु वर्ष एक करोड बजेट विनियोजन भएको पूर्वाधार विकास कार्यालयका प्रमुख रवीन चोख्यालले जानकारी दिए।

उनका अनुसार क्षेत्रमा सडक स्तरोन्नतिका लागि गण्डकी प्रदेश सरकारसँग पाँच करोड स्रोत सुनिश्चित गरी बहुवर्षीय योजनाको रुपमा लैजाने कार्यालयद्वारा आवश्यक तयारी समेत पूरा गरिसकेको छ।

बहुवर्षीय स्रोत सुनिश्चित भए लगत्तै छुकसम्म–भेरोल सडकको ठेक्का खुलाइने प्रमुख चोख्यालको भनाइ छ। मुस्ताङ–डोल्पा सडकका लागि प्रदेश सरकारद्वारा बजेट विनियोजन भएसँगै पूर्वाधार विकास कार्यालयको प्राविधिक टोलीले त्यस सडकको यथाशीघ्र प्रारम्भिक अध्ययन सुरु गर्ने जनाइएको छ।

उक्त सडकको बारागुङ–३ पाक्लिङदेखि–५ छुकसम्बसम्मको ५२ किलोमिटर सडको स्तरोन्नतिका लागि चालु आवमा १० करोड रकम विनियोजन भएको डिभिजन सडक बाग्लुङका इञ्जिनियर सागर भण्डारीले जानकारी दिए। गत वर्ष छुकुसम्मदेखि केहीमाथिसम्म कार्यालयबाट सडक निर्माण सुरु गरेकामा चालु वर्ष पाक्लिङदेखि छुकसम्म स्तरोन्नति गर्ने गरी विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) अन्तिम चरणमा पुगेको इञ्जिनियर भण्डारीले जानकारी दिए।

त्यसका लागि मध्यकालीन खर्च संरचनाको स्रोत सहमति स्वीकृत हुन बाँकी रहेको जनाइएको छ। मुस्ताङको पाक्लिङदेखि डोल्पाको याकखर्कसम्मको करिब ६० किलोमिटर दूरी छ। त्यसमध्ये पाक्लिङदेखि छुकसम्बसम्मको ५२ किलोमिटर दूरीमा कच्ची सडक विस्तार भएकाले स्तरोन्नति गर्दै लैजाने योजना छ।

2