Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt

एक्स्ट्रिम इनर्जी ड्रिङ्क्सले बाढीपीडितका लागि १ करोड सहयोग गर्ने

एक्स्ट्रिम इनर्जी ड्रिङ्क्सले बाढीपीडितका लागि १ करोड सहयोग गर्ने
A A+ A-

काठमाडौँ । रसुवाको भोटेकोशी नदीसहित देशका विभिन्न स्थानमा आएको बाढी तथा पहिरोबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनःस्थापनाका लागि एक्स्ट्रिम इनर्जी ड्रिङ्क्सले १ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ।

कम्पनीले उक्त रकम प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गर्ने जनाएको छ। विपद्को कठिन परिस्थितिमा प्रभावित परिवारको पीडा न्यूनीकरण तथा उद्धार, राहत र पुनःस्थापनाका कार्यमा सरकारसँग ऐक्यबद्धता जनाउँदै सहयोग गर्ने निर्णय गरिएको कम्पनीले जनाएको हो।

कम्पनीले बाढी तथा पहिरोमा परी ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेको छ। साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।

विपद्का बेला जोखिम मोलेर उद्धार तथा राहतमा खटिएका सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, स्वयंसेवक, स्थानीय समुदाय तथा सरकारी र गैरसरकारी निकायप्रति पनि कम्पनीले सम्मान व्यक्त गरेको छ।

सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै आएको एक्स्ट्रिम इनर्जी ड्रिङ्क्सले आगामी दिनमा पनि देश र नागरिकको हितमा आवश्यक सहयोग तथा सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।

2