Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel bahsegel bettilt-app.com bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis

कोरला नाकाबाट साढे तीन हजार मेट्रिकटनभन्दा बढी चिनियाँ फलफूल आयात

कोरला नाकाबाट साढे तीन हजार मेट्रिकटनभन्दा बढी चिनियाँ फलफूल आयात
A A+ A-

मुस्ताङ: नेपाल-चीनको उत्तरी कोरला नाका हुँदै आइतबारसम्म तीन हजार ७२५ मेट्रिकटन चिनियाँ फलफूल नेपाल भित्रिएको छ। भदौ २० गतेदेखि सुरु भएको यो आयात प्रक्रियामार्फत हालसम्म ११ प्रकारका फलफूल नेपाल भित्रिएका छन्।

लोमान्थाङ-४ न्हेचुङस्थित क्वारेन्टाइन कार्यालयका अनुसार रसुवा-केरुङ र तातोपानी नाका बन्द भएपछि कोरला नाकाबाट फलफूल आयात सुरु गरिएको हो। दसैँ, तिहार र छठपर्वलाई लक्षित गरी भित्र्याइएका यी फलफूलमा स्याउ, ड्रागन फ्रुट, नासपाती, आँप, अङ्गुर र किसमिसलगायत रहेका छन्। यसबाहेक फर्सीको बीउ, लसुन र फापर पनि आयात भएको क्वारेन्टाइन कार्यालयका प्राविधिक सहायक बन्दना घर्तीमगरले जानकारी दिइन्। पछिल्लो दुई महिनामा सबैभन्दा बढी स्याउ र ओखर आयात भएको छ।

यद्यपि, असोज ११ गतेको बाढीपहिरो र नदी कटानका कारण बेनी-जोमसोम सडक दुई साताभन्दा बढी अवरुद्ध हुँदा ढुवानीमा समस्या देखिएको थियो। सडक अवरुद्ध हुँदा क्वारेन्टाइन र भन्सार जाँचपास भएका फलफूल समयमै गन्तव्यमा पुग्न सकेका थिएनन्। सोही क्रममा एक कन्टेनर ड्रागन फ्रुट बिग्रिएपछि स्थानीयलाई निःशुल्क वितरण गरिएको थियो।

2