Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel bahsegel bettilt-app.com bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis

विश्व बजारमा तेलको मूल्य बढ्दै

विश्व बजारमा तेलको मूल्य बढ्दै
A A+ A-

काठमाडौं: विश्व भूराजनीतिक तनावका कारण लगानीकर्ताहरूले सुनबाट हात झिक्दै तेल र ग्यासमा लगानी बढाउन थालेका छन्। मध्यपूर्वमा जारी तनाव र रुस-युक्रेन द्वन्द्वले विश्व बजारमा ऊर्जा संकट गहिरिँदै गएको छ। ओएल प्राइस डटकमका अनुसार ३० अक्टोबरमा कच्चा तेलको मूल्य प्रतिब्यारेल १०४ अमेरिकी डलर पुगेको थियो, जुन अघिल्लो वर्षको तुलनामा ८६ प्रतिशतले बढी हो। यद्यपि, हाल यो मूल्य १०० डलरको हाराहारीमा छ।

तेलको मूल्य बढेसँगै सुनको मूल्यमा भने गिरावट आएको छ। एक महिनाको अवधिमा सुन प्रतिऔँस २४४.६७ डलरले घटेर ३,९०० डलरमा झरेको छ। यसको असर नेपाली बजारमा पनि देखिएको छ। १५ कात्तिक २०८३ मा सुनको मूल्य तोलामा २ लाख ७२ हजार रुपैयाँमा झरेको थियो भने सोमबार २ लाख ७४ हजार ३०० रुपैयाँ कायम भएको छ।

इन्टरनेशनल इनर्जी एजेन्सीका महासचिव फातिह बिरोलले नयाँ वर्षको सुरुवातसँगै तेल र ग्यासको मूल्य अझै बढ्न सक्ने चेतावनी दिएका छन्। विशेषगरी रुसी रिफाइनरीहरूमा भएका ड्रोन आक्रमणले विश्वको कुल प्रशोधन क्षमतामा असर पारेको छ। इन्डस्ट्रियल इन्फो रिसोर्सेसका अनुसार दैनिक १.६ मिलियन ब्यारेल तेल प्रशोधन क्षमतामा कमी आएको छ।

अमेरिकामा तेलको मौज्दात सन् १९८२ पछिकै न्यून विन्दुमा पुगेको छ। यता जापानले बढ्दो इन्धन मूल्य नियन्त्रण गर्न ७ अर्ब डलर बराबरको अनुदान थप गरेको छ। भारतमा पनि कच्चा तेलको मूल्य प्रतिब्यारेल ९९.५६ डलर पुगेको छ, जसको प्रत्यक्ष असर नेपालमा परेको छ। नेपाल आयल निगमले चाडपर्व र प्राकृतिक विपत्तिलाई मध्यनजर गर्दै तत्काल मूल्य नबढाए पनि, विश्व बजारको अस्थिरताले नेपाली उपभोक्ता बजारमा मुद्रास्फीति ६.३४ प्रतिशत पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ।

2