Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

साउनमा सरकारले उठायो २३ अर्ब ३० करोड सार्वजनिक ऋण

साउनमा सरकारले उठायो २३ अर्ब ३० करोड सार्वजनिक ऋण
अ+ अ-

काठमाडौं। सरकारले चालू आर्थिक वर्षको पहिलो महिना साउनमा २३ अर्ब २९ करोड ८० लाख रुपैयाँ सार्वजनिक ऋण उठाएको छ।

यसमध्ये २० अर्ब रुपैयाँ आन्तरिक र ३ अर्ब २९ करोड ८० लाख रुपैयाँ वैदेशिक ऋण हो। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार साउनमा सरकारले २० अर्ब ६ करोड ७५ लाख रुपैयाँ ऋणको साँवा भुक्तानी गरेको छ।

यसमध्ये आन्तरिक ऋणतर्फ १७ अर्ब ९१ करोड ४० लाख र बाह्य ऋणतर्फ २ अर्ब १५ करोड ३५ लाख रुपैयाँ भुक्तानी भएको छ।

ऋण परिचालन र भुक्तानीपछि पनि विनिमय दरमा भएको परिवर्तनबाट ८ अर्ब ५८ करोड १७ लाख रुपैयाँ लाभ भएपछि सरकारको तिर्न बाँकी सार्वजनिक ऋण घटेको छ।

असार मसान्तमा २९ खर्ब ८१ अर्ब ६८ करोड ८६ लाख रुपैयाँ रहेको सार्वजनिक ऋण साउन मसान्तमा २९ खर्ब ७६ अर्ब ३३ करोड ७४ लाख रुपैयाँमा झरेको छ। यो नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी)को ४५.१० प्रतिशत हो।

ब्याजमा ६ अर्ब ८४ करोड खर्च

साउनमा सरकारले ऋण सेवामा २४ अर्ब ९९ करोड ६१ लाख रुपैयाँ खर्च गरेको छ। यसमध्ये ब्याज भुक्तानीमा मात्रै ६ अर्ब ८४ करोड २६ लाख रुपैयाँ खर्च भएको छ।

चालू आवमा सरकारले ६ खर्ब ५८ अर्ब २८ करोड रुपैयाँ सार्वजनिक ऋण उठाउने लक्ष्य राखेको छ। साउनको ऋण परिचालन वार्षिक लक्ष्यको ३.५४ प्रतिशत हो।

त्यस्तै, साँवा तथा ब्याज भुक्तानीका लागि ४ खर्ब १७ अर्ब ८८ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ। साउनमा भएको ऋण सेवा खर्च वार्षिक बजेटको ५.९८ प्रतिशत हो।

2