Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt

बाढीले जलविद्युत् क्षेत्रमा ३० अर्बभन्दा बढीको क्षतिको जोखिम

बाढीले जलविद्युत् क्षेत्रमा ३० अर्बभन्दा बढीको क्षतिको जोखिम
A A+ A-

काठमाडौं। भोटेकोशी–त्रिशूली नदी बेसिनमा आएको भीषण बाढीले जलविद्युत् क्षेत्रमा मात्रै ३० अर्ब रुपैयाँभन्दा बढीको आर्थिक क्षति हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ। बाढीबाट सञ्चालनमा रहेका र निर्माणाधीन गरी कम्तीमा २७ आयोजना प्रभावित भएका छन्।

बाढीका कारण १२ सञ्चालनमा रहेका आयोजना बन्द हुँदा ४३१.१ मेगावाट विद्युत् उत्पादन प्रणालीबाट बाहिरिएको छ। त्यस्तै, १५ निर्माणाधीन आयोजनामा क्षति पुग्दा थप ४७० मेगावाट क्षमताका आयोजना प्रभावित भएका छन्।

नदी किनारमा रहेका आयोजनाका बाँध, हेडवर्क्स, पावरहाउस, पहुँचमार्ग, प्रसारण संरचना र निर्माण सामग्रीमा क्षति पुगेको छ। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) का अनुसार क्षतिग्रस्त आयोजना पुनर्निर्माणमा मात्रै ३० अर्ब रुपैयाँभन्दा बढी लाग्न सक्ने प्रारम्भिक अनुमान छ। वास्तविक लागत विस्तृत क्षति मूल्यांकनपछि मात्रै यकिन हुनेछ।

बाढीले आयोजनाको भौतिक संरचनामा मात्र क्षति पुर्‍याएको छैन, निर्माणाधीन आयोजनाको समय र लागतसमेत बढाउने जोखिम सिर्जना गरेको छ। निर्माण अवधि लम्बिँदा ब्याज खर्च बढ्नुका साथै विद्युत् उत्पादन सुरु हुने समय पछाडि धकेलिन सक्ने देखिएको छ।

प्रभावित निर्माणाधीन आयोजनामा माथिल्लो त्रिशूली–१ (२१६ मेगावाट), रसुवा भोटेकोशी (१२० मेगावाट), माथिल्लो त्रिशूली–३ ‘बी’ (३७ मेगावाट), मिडल त्रिशूली गंगा (१५.६ मेगावाट) र माथिल्लो मेलुङ ‘ए’ (६.४२ मेगावाट) लगायत छन्।

प्रसारणतर्फ पनि ठूलो क्षति भएको छ। त्रिशूली–३ ‘बी’को २२० केभी हब सबस्टेसन पूर्ण रूपमा क्षतिग्रस्त भएको छ भने चिलिमे–त्रिशूली ६६ केभी र समुद्रटार–त्रिशूली १३२ केभी प्रसारण लाइन अवरुद्ध भएका छन्।

यसले बाढीबाट भएको क्षतिको आर्थिक भार आयोजना पुनर्निर्माणमा लाग्ने रकममा मात्र सीमित नरहने देखाएको छ। उत्पादन बन्द हुँदा हुने आम्दानीको क्षति, निर्माण ढिलाइ, थप ब्याज तथा प्रसारण संरचना पुनर्निर्माणको लागतसमेत जोडिँदा ऊर्जा क्षेत्रमा बाढीको वास्तविक आर्थिक असर अझ ठूलो हुन सक्ने देखिन्छ।

2