Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt

१५ हेलिकप्टरबाट भोटेकोशी बाढीपीडितको उद्धार सुरु

१५ हेलिकप्टरबाट भोटेकोशी बाढीपीडितको उद्धार सुरु
A A+ A-

काठमाडौं। रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि घाइते तथा जोखिममा परेका नागरिकको नेपाली सेना र निजी क्षेत्रका १५ हेलिकप्टरमार्फत बिहीबार बिहानैदेखि उद्धार सुरु गरिएको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठकले प्रभावित क्षेत्रका घाइतेलाई उद्धार गरी प्रारम्भिक उपचारका लागि रसुवाको धुन्चे र नुवाकोटको विदुरस्थित नेपाली सेनाको ब्यारेकमा अस्थायी उपचार शिविर सञ्चालन गर्ने निर्णय गरेको गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले बताए।

गम्भीर घाइतेलाई भने प्राथमिकताका आधारमा तत्काल हेलिकप्टरमार्फत काठमाडौं ल्याइनेछ। घाइतेको अवस्थाअनुसार वर्गीकरण गरी उद्धार तथा उपचार अघि बढाइने काफ्लेले जानकारी दिए।

यसैबीच, बाढी प्रभावितका लागि आवश्यक राहत सामग्री स्थलमार्गबाट विदुरस्थित नेपाली सेनाको ब्यारेकतर्फ पठाउन थालिएको छ। उद्धारसँगै प्रभावित क्षेत्रमा राहत तथा उपचार व्यवस्थालाई तीव्र बनाइएको सरकारी अधिकारीहरूले बताएका छन्।

2