Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

भोटेकोशी बाढीपीडितको उद्धार, राहत र पुनःस्थापनाका लागि एनसेल फाउन्डेसनले १ करोड दिने

भोटेकोशी बाढीपीडितको उद्धार, राहत र पुनःस्थापनाका लागि एनसेल फाउन्डेसनले १ करोड दिने
अ+ अ-

काठमाडौं। रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीबाट प्रभावितको उद्धार, राहत तथा पुनःस्थापनाका लागि एनसेल फाउन्डेसनले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ।

बाढीका कारण रसुवा, नुवाकोट, धादिङ र गोरखालगायत जिल्लाका नदी तटीय क्षेत्रमा ठूलो जनधनको क्षति भएको तथा प्रभावितको तत्काल उद्धार, राहत र पुनःस्थापना आवश्यक रहेको अवस्थामा सरकारको आह्वानमा सहयोग घोषणा गरिएको एनसेलले जनाएको छ।

एनसेलले बाढी तथा पहिरोमा परी ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना जनाएको छ। साथै, बेपत्ता भएका व्यक्तिको शीघ्र खोज तथा उद्धार र प्रभावितलाई प्रभावकारी राहत उपलब्ध हुने अपेक्षा गरेको छ।

यसैबीच, एनसेलले बाढी प्रभावित क्षेत्रमा सञ्चार सेवामार्फत समेत सहयोग गरिरहेको जनाएको छ। प्रभावित क्षेत्रमा रहेका एनसेलका ग्राहकलाई बुधबारदेखि लागू हुने गरी तीन दिनसम्म निःशुल्क भ्वाइस तथा डेटा सेवा र १०० वटा निःशुल्क एसएमएस उपलब्ध गराइएको छ।

यसबाट प्रभावित नागरिकलाई परिवार, आफन्त तथा उद्धार र राहतमा संलग्न टोलीसँग सहज रूपमा सम्पर्कमा रहन सहयोग पुग्ने एनसेलले जनाएको छ।

एनसेलकी कर्पोरेट सञ्चार, बजार व्यवस्थापन तथा दिगोपन निर्देशक विशाखा लक्ष्मी खड्काले विपद्को कठिन समयमा प्रभावित नागरिकको साथमा उभिनु सबैको साझा जिम्मेवारी भएको बताइन्।

“उद्धार, राहत र पुनःस्थापनाका प्रयासमा सरकार तथा सम्बन्धित निकायलाई सहयोग पुर्‍याउने उद्देश्यले १ करोड रुपैयाँ सहयोग गर्ने निर्णय गरेका हौं। यस विषम परिस्थितिमा हामी प्रभावित परिवार तथा समुदायसँगै रहेको जानकारी गराउन चाहन्छौं,” उनले भनिन्।

एनसेलले विगतमा पनि विभिन्न प्राकृतिक विपद्का समयमा उद्धार, राहत तथा पुनःस्थापनाका लागि सहयोग गर्दै आएको जनाएको छ। कम्पनीले आगामी दिनमा समेत प्रभावित समुदायको आवश्यकता र अवस्थालाई ध्यानमा राख्दै सम्भव सहयोग तथा सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।

2