Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

एनआईसी एशियाको ५.९९ प्रतिशतमा अटो लोन

एनआईसी एशियाको ५.९९ प्रतिशतमा अटो लोन
अ+ अ-

काठमाडौं । एनआईसी एशिया बैंकले काठमाडौंको भृकुटीमण्डपमा जारी ‘नाडा अटो सो २०२६’ को अवसरमा ५.९९ प्रतिशत स्थिर ब्याजदरमा अटो लोन योजना ल्याएको छ।

बैंकका अनुसार ‘एनआईसी एशिया अटो लोन’ अन्तर्गत ग्राहकले वार्षिक ५.९९ प्रतिशतको स्थिर ब्याजदरमा अधिकतम ७ वर्षसम्म कर्जा लिन सक्नेछन्। ब्याजदर कर्जा अवधिभर परिवर्तन नहुने बैंकले जनाएको छ।

भदौ ९ देखि १४ गतेसम्म सञ्चालन भइरहेको अटो सोको पहिलो दिनदेखि नै कर्जा लिन चाहने ग्राहकको आकर्षण बढेको बैंकको भनाइ छ।

बैंकले कर्जा प्रक्रियालाई सहज बनाउन मेलास्थलमै डिजिटल सुविधा उपलब्ध गराएको छ। ग्राहकले बैंकको स्टलमा रहेको क्युआर कोड स्क्यान गरी आवश्यक विवरण भरेर कर्जाको प्रारम्भिक योग्यता परीक्षण गर्न सक्नेछन्। योग्य ग्राहकले तत्कालै कर्जा स्वीकृतिपत्रसमेत प्राप्त गर्न सक्ने व्यवस्था गरिएको बैंकले जनाएको छ।

प्रारम्भिक स्वीकृति पाएपछि ग्राहकले नजिकको एनआईसी एशिया शाखामा आवश्यक कागजात बुझाएर कर्जा प्रक्रिया पूरा गर्न सक्नेछन्।

बैंकले निजी, व्यावसायिक र विद्युतीय सबै प्रकारका सवारी साधनका लागि कर्जा उपलब्ध गराएको छ। कालो नम्बर प्लेटका व्यावसायिक सवारी साधनका लागि कर्जाको अवधि ५ वर्ष तोकिएको छ भने अन्य सवारी साधनका लागि अधिकतम ७ वर्षको अवधि कायम गरिएको छ।

बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख सूचना अधिकारी जयन्द्रबहादुर रावलले योजनाले नाडा अटो सोमा सवारी खरिद गर्न चाहने ग्राहकलाई कर्जा प्रक्रिया सहज बनाएको बताए।

इच्छुक ग्राहकले भृकुटीमण्डपमा रहेको नाडा अटो सोको स्टल नम्बर ई२४ वा देशभरका एनआईसी एशिया बैंकका शाखाबाट योजनाबारे जानकारी लिन सक्नेछन्।

2