Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

पोखरा महानगरद्वारा बाढी प्रभावितका लागि ४५ लाख सहयोग

पोखरा महानगरद्वारा बाढी प्रभावितका लागि ४५ लाख सहयोग
अ+ अ-

गण्डकी। पोखरा महानगरपालिकाले रसुवा र नुवाकोटका बाढी प्रभावितका लागि रु ४५ लाख सहयोग प्रदान गरेको छ । जनप्रतिनिधि र कर्मचारीका तर्फबाट उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरिएको नगर प्रमुख धनराज आचार्यले जानकारी दिए।

महानगरका तर्फबाट अत्याधुनिक एम्बुलेन्ससहित राहत सामग्री, स्वास्थ्यकर्मी र नगर प्रहरीको सहायता टोली बाढी प्रभावित क्षेत्रमा पठाइएको उनले बताए ।

प्राकृतिक विपद्को घडीमा राहत तथा उद्धार कार्य एकद्वार प्रणालीमार्फत व्यवस्थित र प्रभावकारी रूपमा सञ्चालन हुनुपर्ने भनाइ छ । राहत तथा उद्धारका लागि महानगरपालिकाले सम्बद्ध निकायसँग सम्पर्क, समन्वय र सहजीकरण गरिरहेको प्रमुख आचार्यले बताए ।

बुधबार बिहान आएको बाढीले भोटेकोशी र त्रिशूली नदीको तटीय क्षेत्रमा ठूलो धनजनको क्षति भएपछि पोखरा महानगरपालिकासहित यहाँका अन्य स्थानीय तहले पनि राहत सहयोग उपलब्ध गराएका छन् ।

2