Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt

अमेरिकी नाकाबन्दीले इरानमा पेट्रोल अभाव

अमेरिकी नाकाबन्दीले इरानमा पेट्रोल अभाव
A A+ A-

तेहरान। अमेरिकी नौसेनाले लगाएको नाकाबन्दीका कारण घरेलु उत्पादनले नपुगेको पेट्रोल आयात गर्न नसकिएको इरानी अधिकारीले बताएका छन् । इन्धन आपूर्ति प्रभावित भएपछि पछिल्ला दिनमा इरानका पेट्रोल पम्पबाहिर लामो लाइन लाग्न थालेको जनाइएको छ ।

उपराष्ट्रपति मोहम्मद जाफर घेम्पानाहले पेट्रोल उत्पादन देशको आवश्यकताअनुसार पर्याप्त नभएको र अमेरिकी नौसैनिक नाकाबन्दीका कारण आवश्यक परिमाणमा पेट्रोल आयात गर्न नसकिएको बताउनुभएको सरकारी इरना समाचार एजेन्सीले जनाएको छ ।

अमेरिकासँगको युद्धका कारण इरानमाथि आर्थिक दबाब बढिरहेका बेला इन्धन अभावको समस्या देखिएको हो । सोमबार राष्ट्रपतिको कार्यालयका प्रमुख मोहसेन हाजी–मिर्जाईले पेट्रोल वितरणसम्बन्धी कोटाको पुनरवलोकन गरिने बताएको थियो ।

फेब्रुअरी २८ मा इरान र अमेरिकाबीच युद्ध सुरु भएपछि तेहरानले रणनीतिक स्ट्रेट अफ हर्मुजमा नियन्त्रण कायम गरेको र त्यसको प्रतिक्रियास्वरूप वासिङ्टनले इरानी बन्दरगाहमा नौसैनिक नाकाबन्दी लगाएको समाचारमा उल्लेख छ ।

घेम्पानाहले इरानमा पेट्रोल वितरणको विद्यमान प्रणाली असमान रहेको बताउँदै अत्यधिक अनुदान प्रााप्त इन्धनबाट धेरै सवारीसाधन भएका व्यक्तिले बढी लाभ लिइरहेको टिप्पणी गर्नुभएको छ । उहाँका अनुसार सवारीसाधनको सङ्ख्या बढी हुनेलाई अनुदानको लाभ बढी पुग्ने भएकाले वर्तमान वितरण प्रणालीमा सुधार आवश्यक छ ।

विश्वकै प्रमुख तेल उत्पादक मुलुकमध्ये एक इरानमा पेट्रोलको मूल्य राजनीतिक रूपमा संवेदनशील विषय मानिन्छ । सरकारले लामो समयदेखि इन्धनलाई ठूलो परिमाणमा अनुदान दिँदै आएको छ । अनुदानका कारण इरानमा पेट्रोलको मूल्य विश्वकै सस्तोमध्ये रहेको छ ।

2