Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel bahsegel bettilt-app.com bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis bahsegel güncel giriş bahsegel bettilt giriş bettilt

युवालाई स्वदेशमै उद्यमशील बनाउन आठ अर्बको व्यवस्था: मुख्यमन्त्री कार्की

युवालाई स्वदेशमै उद्यमशील बनाउन आठ अर्बको व्यवस्था: मुख्यमन्त्री कार्की
A A+ A-

सङ्खुुवासभा। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सरकारले युवालाई लक्षित गर्दै उत्पादन वृद्धि र रोजगारीका समस्या समाधानलाई प्राथमिकतामा राखेर विभिन्न कार्यक्रम अघि बढाएको बताएका छन्।

सङ्खुवासभमा सदरमुकाम खाँदबारीमा आज पत्रकार भेटघाट कार्यक्रम मुख्यमन्त्री कार्कीले यस वर्षको बजेटमार्फत प्रदेशमै काम गर्न चाहने युवालाई लक्षित गरी करिब रु आठ अर्ब बराबरको रकम व्यवस्था गरिएको जानकारी दिए। साना तथा मझौला उद्यम सञ्चालन गर्न चाहने युवालाई सहयोग पुग्ने गरी तीन वर्षसम्म सहुलियतपूर्ण ऋण उपलब्ध गराउने उद्देश्यका साथ कार्यक्रम ल्याइएको उनले बताए।

युवालाई स्वदेशमै उद्यमशील बन्न प्रेरित गर्नुका साथै उत्पादन वृद्धि र रोजगारी सिर्जनामा टेवा पुग्ने विश्वास प्रदेश सरकारले लिएको उनको भनाइ छ। प्रदेश सरकारले रु आठ अर्ब बराबर रकम, यही प्रदेशमा काम गर्न चाहने युवालाई तीन वर्षसम्म सहुलियतपूर्ण ऋण उपलब्ध गराउने बताए।

मुख्यमन्त्री कार्कीले युवाको उद्यमशीलता प्रवर्द्धनमार्फत प्रदेशको अर्थतन्त्रलाई थप सुदृढ बनाउन सरकारले प्राथमिकताका साथ काम गरिरहेको उल्लेख गरे। उनले उत्पादन र रोजगारी वृद्धि गर्दै युवालाई आफ्नै प्रदेशमा अवसर सिर्जना गर्ने वातावरण निर्माण गर्नु सरकारको लक्ष्य रहेको बताए।

“अब परिवेश फरक छ र यसका पछाडि केही अन्य कारणहरू पनि छन्। हामीले चालु आर्थिक वर्षका लागि बजेट ल्याएका छौँ। नीतिगत रूपमा पनि बजेटमार्फत धेरै महत्त्वपूर्ण कार्यक्रम र योजना अघि सारेका छौँ”, मुख्यमन्त्री कार्कीले भने। उहाँले प्रदेश सरकारको विकास बजेटको सीमा र स्रोत–साधनको सीमितताका कारण हामीले चाहेजति विकास निर्माणका काम गर्न नसकेका बताए।

“विगतका वर्षहरूमा हामीले धेरै विकासका आधारहरू तयार गरेका छौँ। सडक सञ्जालको विस्तार र पूर्वाधार निर्माणलाई प्राथमिकता दिँदै आएका छौँ”, उनले भने। उनका अनुसार विभिन्न नीतिगत सुधार गर्दै सुशासनको प्रत्याभूति गराउने दिशामा पनि निरन्तर काम भइरहेको छ। कोशी प्रदेशमा विकास, समृद्धि र सुशासनलाई प्राथमिकतामा राख्दै आगामी दिनमा थप प्रभावकारी रूपमा काम गर्ने सरकारको लक्ष्य रहेको उनले बताए।

2