Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

बाढीपीडितका लागि प्रदेशसभा सदस्य थापाबाट पाँच लाख सहयोग

बाढीपीडितका लागि प्रदेशसभा सदस्य थापाबाट पाँच लाख सहयोग
अ+ अ-

कास्की। गण्डकी प्रदेशका पूर्वसामाजिक विकास, युवा तथा खेलकुदमन्त्री एवं प्रदेशसभा सदस्य विन्दुकुमार थापाले भोटेकोशीलगायत बाढीपहिरो प्रभावित नागरिकको लागि रु पाँच लाख सहयोग गरेका छन् ।

थापाले उद्धार तथा राहतका लागि आफ्नो छ महिनाको पारिश्रमिक बराबर रु पाँच लाख प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको हो ।

देशका विभिन्न जिल्लामा प्राकृतिक विपद्का कारण जनधनको ठूलो क्षति भइरहेका बेला प्रभावित नागरिकको खोज, उद्धार तथा राहत कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले आफूले पाउने पारिश्रमिक सरकारी राहत कोषमा प्रदान गरेको थापाले बताए।

यस्तो कठिन परिस्थितिमा तत्काल उद्धार, राहत र प्रभावित परिवारको पुनःस्थापनाका लागि सहयोग आवश्यक रहेको उनले बताए । उनले भने, “जनताको दुःखमा साथ दिनु मेरो कर्तव्य हो । राहत साँच्चिकै आवश्यकता भएका नागरिकसम्म पुगोस् भन्ने उद्देश्यले आफ्नो पारिश्रमिक सहयोग गरेको हुँ”, थापाले भने ।

प्राकृतिक विपद्का समयमा राज्यका संयन्त्रसँगै जनप्रतिनिधि, राजनीतिक दल, निजी क्षेत्र, सामाजिक सङ्घसंस्था तथा आमनागरिकले पनि आफ्नो क्षमताअनुसार सहयोग र सहकार्य गर्नुपर्ने थापाको भनाइ छ । उनले यसअघि पनि प्रदेश सरकारबाट पारिश्रमिक तथा अन्य सेवासुविधाबापत पाउने रकम सामाजिक कार्यमा सहयोग गर्दै आएको छ ।

2