Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

रसुवागढी बाढीले व्यापारिक आपूर्ति शृंखला प्रभावित

रसुवागढी बाढीले व्यापारिक आपूर्ति शृंखला प्रभावित
अ+ अ-

काठमाडौं। रसुवागढीमा आएको भीषण बाढीले नेपाल–चीन जोड्ने प्रमुख उत्तरी नाकाको व्यापारिक सम्पर्क विच्छेद भएको छ।

बुधबार बिहान आएको बाढीले रसुवागढीको पुल बगाएपछि नाकाबाट हुने आयात–निर्यात ठप्प भएको हो।

बाढीले रसुवा भन्सार कार्यालयको भवनसँगै नेपाल भित्रिन लागेका सामान बोकेका कन्टेनर र विद्युतीय सवारीसाधनसमेत बगाएको छ। रसुवा भन्सार कार्यालयका प्रमुख राजेन्द्र ढुंगानाका अनुसार करिब ३०० वटा विद्युतीय गाडी तथा ट्रक बाढीमा बगेका छन्।

भन्सार कार्यालयमा कार्यरत ४० कर्मचारीमध्ये १५ जना अझै सम्पर्कविहीन रहेको भन्सार विभागले जनाएको छ। चाडपर्वलाई लक्षित गरी ल्याइएका ठूलो परिमाणका सामान बाढीले बगाएपछि व्यापारीले ठूलो क्षति व्यहोरेका छन्।

राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष मनोजबाबु श्रेष्ठका अनुसार नजिकिँदै गरेका तीज, दसैँ र तिहारलाई लक्षित गरी ल्याइएका सामान बोकेका कन्टेनर बगेका कारण व्यवसायीको क्षति थप बढेको छ।

भन्सार विभागका अनुसार आर्थिक वर्ष २०८२/८३ मा रसुवागढी नाकाबाट करिब एक खर्ब रुपैयाँको आयात र तीन अर्ब रुपैयाँको निर्यात भएको थियो। नेपाल–चीनबीचको कुल व्यापारमा यो नाकाको हिस्सा करिब १३ प्रतिशत छ।

यस नाकाबाट चीनबाट विद्युतीय गाडी, खेलौना, लत्ताकपडा, जुत्ता र फलफूललगायत वस्तु आयात हुँदै आएको छ। नेपालबाट भने चिया, पुस्तक तथा छापा सामग्री, हस्तकला, ढुंगाका मूर्ति, चित्रकला, काठका सामग्री, ऊन, पस्मिना र त्यसबाट बनेका सामग्री चीनतर्फ निर्यात हुँदै आएका छन्।

2