Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

अमेरिकाबाट बाढी प्रभावित रसुवामा २.५ टनभन्दा बढी राहत सामग्री

अमेरिकाबाट बाढी प्रभावित रसुवामा २.५ टनभन्दा बढी राहत सामग्री
अ+ अ-

काठमाडौँ। संयुक्त राज्य अमेरिकाले बाढी प्रभावितलाई आवश्यक राहत सामग्री उपलब्ध गराउन थालेको छ। नेपालस्थित अमेरिकी दूतावासका चार्जे द’अफेयर्स स्कट अर्बमले आज अमेरिकाबाट पठाइएको पहिलो आपत्कालीन राहत सामग्रीको खेप हस्तान्तरण गरेका छन्।

क्याथोलिक रिलिफ सर्भिसेसले आफ्नो साझेदार संस्था कारितास नेपालमार्फत रसुवाका दुई विद्यालयमा राहत सामग्री पुर्‍याउनेछ। पहिलो खेपमा २.५ मेट्रिक टनभन्दा बढी खाद्य सामग्री, ५०० थान कम्बल, ५०० थान लामखुट्टेको जाली र अस्थायी आश्रयका लागि ५०० थान इन्सुलेटिङ फोम सिट छन्।

अमेरिकी दूतावासका अनुसार नेपाल सरकार, क्याथोलिक रिलिफ सर्भिसेस र कारितास नेपालसँगको समन्वयमा थप राहत सामग्री पठाउने तयारी भइरहेको छ। आगामी खेपमा नेपालमा तत्काल आवश्यक सामग्रीलाई प्राथमिकतामा राखिने दूतावासले जनाएको छ।

2