Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

पृथ्वी राजमार्गको खुल्यो, काठमाडौँबाट भोलि बिहानदेखि मात्र सवारी चल्ने

पृथ्वी राजमार्गको खुल्यो, काठमाडौँबाट भोलि बिहानदेखि मात्र सवारी चल्ने
अ+ अ-

काठमाडौँ। भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीका कारण अवरुद्ध पृथ्वी राजमार्ग सञ्चालन भएको छ । काठमाडौँ उपत्यका ट्राफिक कार्यालयका अनुसार उक्त राजमार्गमा थुप्रिएको लेदो पन्छाएर आज साँझदेखि बाटो सञ्चालन गरिएको हो ।

कार्यालयका प्रवक्ता, प्रहरी उपरीक्षक नरेशराज सुवेदीले सडक खुलेसँगै राजमार्गमा अलपत्र सवारीसाधन सुरक्षित गन्तव्यतर्फ पठाउन थालिएको जानकारी दिए । “रातभर लामो समयदेखि राजमार्गमा अड्किएका सवारीसाधनलाई सुरक्षित स्थानतर्फ पठाइनेछ”, उनले भने ।

नयाँ बसपार्क सञ्चालन गरेको लोत्से बहुउद्देश्यीय प्रालिका महाप्रबन्धक पङ्कज मल्लले शनिबार बिहानदेखि मात्र काठमाडौँबाट सार्वजनिक सवारीसाधन उपत्यका बाहिर पठाइने जानकारी दिए । रातभर राजमार्गमा अड्किएका सवारीसाधनलाई गन्तव्यस्थलमा पठाएर भोलि बिहानदेखि मात्र सवारी सञ्चालन गर्ने तयारी भइरहेको उनले बताए ।

2