Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt

बाढीपीडितका लागि एकै दिन ३८ करोड ५६ लाख सहयोग

बाढीपीडितका लागि एकै दिन ३८ करोड ५६ लाख सहयोग
A A+ A-

काठमाडौं । रसुवा लगायत बाढी प्रभावित क्षेत्रका पीडितको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा एकै दिन ३८ करोड ५६ लाख ६४ हजार २२२ रुपैयाँ सहयोग प्राप्त भएको छ ।

शुक्रबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेमार्फत अर्थ मन्त्रालयमा विभिन्न २७ संस्था तथा व्यक्तिले उक्त रकम हस्तान्तरण गरेका हुन् ।

कोषमा सबैभन्दा ठूलो योगदान सूर्य नेपाल प्रालिले १५ करोड रुपैयाँ गरेको छ । यस्तै, प्राइम बैंकले ३ करोड १० लाख, कृषि विकास बैंकले ३ करोड, नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले २ करोड ५१ लाख, हिमालयन बुलियन कम्पनीले १ करोड १ लाख तथा एग्रो थाईफुड्स प्रालिले १ करोड रुपैयाँ सहयोग गरेका छन् ।

एसियन लाइफ इन्स्योरेन्सले १ करोड १ लाख र सूर्यज्योति लाइफ इन्स्योरेन्सले १ करोड रुपैयाँ योगदान गरेका छन् । उद्योगी विजयकुमार शाह, पद्मज्योति समूहअन्तर्गतको स्याकार ट्रेडिङ र अन्य दाताबाट पनि १–१ करोड रुपैयाँ सहयोग प्राप्त भएको छ । राजी राणाले व्यक्तिगत रूपमा १ करोड ९ लाख ८० हजार रुपैयाँ योगदान गरेका छन् ।

त्यस्तै, डब्लूडब्लूएफ नेपालले १ करोड, मोरङ अटो वर्क्सले १ करोड ११ लाख, जावलाखेल डिस्टिलरी, हिमालयन डिस्टिलरी, अल्फा अटोमोटिभ र सोलु हाइड्रोपावरका प्रतिनिधिले १–१ करोड रुपैयाँ हस्तान्तरण गरेका छन् ।

नेपाल सिमेन्ट उत्पादक संघले ५१ लाख, मुक्तिनाथ विकास बैंकले ५० लाख, लुम्बिनी विकास बैंकले २५ लाख, नेपाल चिया विकास कर्पोरेसनले ११ लाख र एबाकस इन्साइट्स प्रालिले १५ लाख रुपैयाँ सहयोग गरेका छन् ।

सीएएस ट्रेडिङ हाउस र सिल्भर लाइनिङ प्रालिका अधिकारीले १ लाख ११ हजार रुपैयाँका दरले योगदान गरेका छन् भने अन्य तीन संस्थाबाट २६ लाख ६२ हजार रुपैयाँ प्राप्त भएको अर्थ मन्त्रालयले जनाएको छ ।

शुक्रबार मात्रै अर्थ मन्त्रालयमार्फत प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा कुल ३८ करोड ५६ लाख ६४ हजार २२२ रुपैयाँ जम्मा भएको हो ।

2