Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

बाढीपीडितको उद्धार तथा राहतका लागि एडिबीको ५० लाख डलर अनुदान

बाढीपीडितको उद्धार तथा राहतका लागि एडिबीको ५० लाख डलर अनुदान
अ+ अ-

काठमाडौं। एसियाली विकास बैंक (एडिबी) ले भोटेकोशी र त्रिशूली नदी प्रणालीमा आएको बाढीबाट प्रभावितको तत्काल उद्धार तथा राहतका लागि ५० लाख अमेरिकी डलर (करिब ७६ करोड रुपैयाँ) अनुदान स्वीकृत गरेको छ ।

एडिबीले शुक्रबार जारी गरेको विज्ञप्तिअनुसार अनुदानबाट खोज तथा उद्धार सामग्री, औषधि, खाद्यान्न, सुरक्षित खानेपानी, अस्थायी आश्रय तथा सरसफाइ सामग्री उपलब्ध गराउनुका साथै आपत्कालीन पूर्वाधार निर्माणमा सहयोग गरिनेछ ।

एडिबीका अध्यक्ष मासातो कान्दाले विपद्को समयमा प्रभावित समुदायले सहायता पर्खेर बस्न नसक्ने बताउँदै तत्काल खाद्यान्न, सुरक्षित पानी, आश्रय र औषधि उपलब्ध गराउन अनुदानले सहयोग गर्ने बताए ।

एडिबीले नेपाल सरकार, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, संयुक्त राष्ट्रसङ्घीय निकाय तथा अन्य विकास साझेदारसँग समन्वय गरी उद्धार, राहत र पुनःस्थापनाका काममा सहयोग गरिरहेको जनाएको छ ।

यसैगरी, विपद्पछिको आवश्यकता मूल्याङ्कन, पुनःस्थापनाको योजना र सम्भावित पुनःनिर्माणका लागि थप १ लाख ५० हजार अमेरिकी डलर सहयोग उपलब्ध गराउने प्रक्रिया अघि बढाइएको एडिबीले जनाएको छ ।

2