काठमाडौं । हालै आएको आकस्मिक बाढीबाट प्रभावित परिवार तथा समुदायको राहत र पुनर्स्थापनाका लागि पद्म ज्योति समूहले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड रुपैयाँ सहयोग गरेको छ ।
समूहले विपद्का कारण प्रभावित नागरिकलाई राहत तथा पुनर्स्थापना गर्न सहयोग पुग्ने उद्देश्यले उक्त रकम कोषमा उपलब्ध गराएको जनाएको छ ।
पद्म ज्योति समूहले कठिन घडीमा बाढी प्रभावितप्रति गहिरो संवेदना व्यक्त गर्दै प्रभावित परिवारको शीघ्र पुनर्स्थापनाको कामना गरेको छ ।
समूहका अनुसार उक्त सहयोगले बाढी प्रभावित परिवार तथा समुदायलाई तत्काल राहत उपलब्ध गराउन र पुनर्स्थापनाका प्रयासलाई अघि बढाउन योगदान पुग्ने अपेक्षा गरिएको छ ।
संकटको समयमा प्रभावित नागरिकप्रति ऐक्यबद्धता जनाउँदै निजी क्षेत्रबाट गरिएको सहयोगले विपद् व्यवस्थापन तथा पुनर्स्थापनाका लागि थप सहयोग जुटाउनसमेत प्रेरणा दिने समूहको विश्वास छ ।
