Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt

रसुवागढीको संकटपछि कोरला बन्दै चीन व्यापारको नयाँ ‘गेटवे’

बाढीपहिरोले रसुवागढी र तातोपानीको जोखिम बढाएपछि सरकारले कोरला नाकालाई विकल्पका रूपमा अघि सारे पनि कमजोर पूर्वाधार र मौसमी अवरोध मुख्य चुनौती

रसुवागढीको संकटपछि कोरला बन्दै चीन व्यापारको नयाँ ‘गेटवे’
A A+ A-

मुस्ताङ। रसुवागढी र तातोपानी नाका बाढीपहिरोको उच्च जोखिममा परेपछि चीनसँगको व्यापारका लागि मुस्ताङको कोरला नाका रणनीतिक विकल्पका रूपमा अगाडि आएको छ ।

रसुवाको टिमुरेमा रहेको भन्सार क्षेत्र भोटेकोशीको बाढीले ध्वस्त बनाएपछि सरकारले व्यवसायीलाई चीनबाट हुने आयात–निर्यातका लागि कोरला नाका प्रयोग गर्न आग्रह गरेको हो ।

तर व्यापारको वैकल्पिक मार्ग बन्न खोजेको कोरला नाका आफैँ भने कमजोर पूर्वाधार, सीमित जनशक्ति र उच्च हिमाली मौसमको चुनौतीमा छ । विशेषगरी चिसो मौसममा नाका नियमित सञ्चालन गर्न कठिन हुने भएकाले दीर्घकालीन व्यापारिक मार्गका रूपमा विकास गर्न पूर्वाधारमा तत्काल लगानी आवश्यक देखिएको छ ।

बाढीले रसुवागढी नाकाको भन्सार संरचना तहसनहस बनाएपछि चीनसँगको व्यापारमा एउटा नाका अवरुद्ध हुँदा अर्को नाकामाथि निर्भर हुनुपर्ने नेपालको संरचनात्मक कमजोरी फेरि उजागर भएको छ ।

एक वर्षमै ६ अर्ब ९१ करोड राजस्व

कोरला नाका नयाँ विकल्प भने होइन । चीनमा तिब्बत समाहित भएपछि सन् १९६० को दशकमा खम्पा विद्रोहका क्रममा नेपाली भूमि प्रयोग भएपछि रोकिएको भन्सार गतिविधि लामो समयपछि पुनः औपचारिक रूपमा सञ्चालनमा आएको हो ।

भन्सार कार्यालयको औपचारिक उद्घाटन २०८० कात्तिक २७ मा भएको थियो । व्यावसायिक कारोबार भने २०८२ भदौ ३० देखि सुरु भएको हो ।

पूर्वाधार पर्याप्त नभए पनि नाकाले छोटो समयमै उल्लेख्य व्यापारिक सम्भावना देखाएको छ । गत आर्थिक वर्षमा कोरला भन्सारबाट ६ अर्ब ९१ करोड रुपैयाँ राजस्व सङ्कलन भएको थियो ।

आर्थिक वर्ष २०८२/८३ मा कोरला नाका हुँदै कुल १४ अर्ब ४० करोड ६ लाख रुपैयाँ बराबरका वस्तु आयात भएका थिए । सोही अवधिमा २० करोड ४० लाख ५५ हजार रुपैयाँ बराबरको निर्यात भएको थियो । यही अवधिमा चीनबाट ३ हजार २२३ विद्युतीय सवारीसाधन समेत नेपाल भित्रिएका थिए ।

चालु आर्थिक वर्ष २०८३/८४ का लागि भन्सारले ९ अर्ब रुपैयाँ राजस्व सङ्कलनको लक्ष्य राखेको छ । साउनमा मात्रै २९ करोड ६९ लाख रुपैयाँ राजस्व सङ्कलन भइसकेको कार्यालयले जनाएको छ ।

यी तथ्यले कोरला नाका केवल वैकल्पिक सीमा बिन्दु नभई भविष्यमा चीनसँगको व्यापार विस्तारका लागि महत्त्वपूर्ण राजस्व केन्द्र बन्न सक्ने संकेत गर्छ ।

दैनिक अर्बौँको सम्भावना, पूर्वाधार भने कमजोर

कोरला नाकाको व्यापारिक सम्भावना र भन्सार पूर्वाधारबीच ठूलो अन्तर छ ।

ल्होमन्थाङ गाउँपालिका–४, नेचुङस्थित भन्सार कार्यालय अहिले करिब एक दशकअघि निर्माण गरिएका पाँच वटा भवनबाट सञ्चालन भइरहेको छ । कर्मचारीका लागि कार्यालयभित्रकै एउटा साँघुरो कोठालाई आवासका रूपमा प्रयोग गर्नुपर्ने अवस्था छ ।

चालु आर्थिक वर्ष २०८३/८४ मा भन्सार कार्यालयको भवन निर्माणका लागि ५० लाख रुपैयाँ मात्र विनियोजन गरिएको छ ।

भन्सार प्रमुख विदुर चुडालका अनुसार रसुवागढी र तातोपानीमा कारोबार रोकिएपछि कोरलामा व्यापारिक चाप थपिनेछ ।

“भन्सारमा पूर्वाधारको चरम अभाव छ । अन्य नाका अवरुद्ध हुँदा अब चाप बढ्छ,” चुडालले भन्नुभयो, “अस्थायी संरचना थपेर भए पनि सेवा दिनुपर्ने अवस्था छ ।”

१८ जनाको दरबन्दी रहेको कार्यालयमा हाल १२ कर्मचारी मात्र कार्यरत छन् । रसुवाको भन्सार बाढीले ध्वस्त बनाएपछि थप जनशक्ति र पूर्वाधार व्यवस्थापनका लागि आफू काठमाडौँ आएको चुडालले बताउनुभयो ।

कागजी प्रणालीमै भन्सार

कोरला नाकाबाट विद्युतीय सवारीसाधनदेखि कन्टेनरमार्फत विभिन्न वस्तु आयात भइरहेका छन् । तर यति ठूलो व्यापारिक सम्भावना बोकेको नाकामा अझै अत्याधुनिक जाँच प्रणाली छैन ।

“नाकादेखि सदरमुकाम जोमसोमसम्म पूर्वाधारको आवश्यकता छ, भन्सारमा कामकाज अझै पनि कागजी प्रणालीमै छ,” चुडालले भन्नुभयो ।

भन्सार कार्यालयका अनुसार मालवस्तुको प्रविधियुक्त जाँचका लागि एक्सरे स्क्यानर, विद्युतीय प्रवेश प्रणाली, वाक–थ्रु गेट र मालवाहक सवारीसाधन पार्किङ यार्ड तत्काल आवश्यक छन् ।

विशेषगरी रसुवागढी र तातोपानीको विकल्पका रूपमा कोरला नाकामा कन्टेनर, ट्रक र ठूला मालवाहक सवारीसाधनको आवागमन बढ्दा अवैध तथा तस्करीका सामान भित्रिने जोखिम पनि बढ्न सक्ने भएकाले सामान नखोली जाँच गर्न सकिने एक्सरे स्क्यानर आवश्यक रहेको कार्यालयले जनाएको छ ।

एक हजार रोपनी जग्गा, संरचना शून्य

कोरला नाकालाई व्यवस्थित सीमा व्यापार केन्द्रका रूपमा विकास गर्न चिनियाँ भन्सारको आमनेसामने हुने गरी एक हजार रोपनी जग्गा अधिग्रहण गरिएको छ । तर अहिलेसम्म उक्त क्षेत्रमा आवश्यक भौतिक संरचना निर्माण हुन सकेको छैन ।

नाकाबाट करिब १४ किलोमिटर टाढा रहेको हालको भन्सार कार्यालयसँग समेत करिब ३०० रोपनी जग्गा रहेको छ ।

सदरमुकाम जोमसोममा भने नयाँ कर्मचारीलाई उपल्लो मुस्ताङ पठाउनुअघि बस्ने व्यवस्था गर्न भन्सार कार्यालयले मासिक २० हजार रुपैयाँ भाडामा कोठा लिएको छ ।

यसले सीमा नाकाको व्यापारिक सम्भावना र राज्यको पूर्वाधार तयारीबीचको खाडल स्पष्ट देखाउँछ ।

सुरक्षा र क्वारेन्टाइन पूर्वाधार पनि कमजोर

ल्होमन्थाङ गाउँपालिका अध्यक्ष टसी न्हर्बु गुरुङका अनुसार भन्सारसँगै अध्यागमन, पशु तथा खाद्य क्वारेन्टाइन, सशस्त्र प्रहरीको बोर्डर आउट पोस्टलगायतका सरकारी निकायका लागि आवश्यक पूर्वाधारसमेत पर्याप्त छैन ।

“भन्सारमा आवश्यक पर्ने प्रविधि, जनशक्ति र पूर्वाधार सामान्य छ,” गुरुङले भन्नुभयो, “अब पनि ध्यान नदिँदा देशलाई धेरै नोक्सानी हुन्छ ।”

चिनियाँ पक्षले दसगजा क्षेत्रमा पाँच वटा प्रिफेब्रिकेटेड कन्टेनर राखिदिएपछि नेपाली सुरक्षाकर्मीका लागि अस्थायी आश्रयस्थल बनेको छ । यसले सीमा व्यापार व्यवस्थापनमा नेपाल अझै अस्थायी संरचनामा निर्भर रहेको देखाउँछ ।

चीन–नेपाल–भारत व्यापारको छोटो मार्ग

कोरला नाकाको महत्त्व केवल रसुवागढीको विकल्प बन्नुमा सीमित छैन ।

यो नेपाल हुँदै चीन र भारत जोड्ने छोटो सम्भावित व्यापारिक मार्गमध्ये एक हो । कोरलाबाट करिब २० किलोमिटर पर तिब्बततर्फ सिगात्सेबाट आएको चाइना नेसनल हाइवे २१९ सँग जोडिने सडक संरचना छ ।

नाकालाई व्यवस्थित रूपमा सञ्चालन गर्न सके नेपाल–चीन व्यापारसँगै भारत र दक्षिण एसियाली बजारसँग जोडिने त्रिदेशीय व्यापारिक सम्भावना विस्तार गर्न सकिन्छ ।

तर त्यसका लागि कोरला नाकासम्म सामान पुर्‍याउने नेपालको आफ्नै सडक सञ्जाल भरपर्दो हुनुपर्छ ।

सडक वर्षभरि चल्ने बनाउनुपर्ने

कोरला नाकाको सबैभन्दा ठूलो कमजोरीमध्ये एउटा सडक पूर्वाधार हो ।

छुसाङ–कोरला सडक खण्ड कालोपत्रे गर्ने, निर्माणाधीन पक्की पुलहरू पूरा गर्ने तथा बेनी–जोमसोम–कोरला सडकलाई बाह्रै महिना सञ्चालनयोग्य बनाउने कामलाई प्राथमिकता दिनुपर्ने देखिन्छ ।

बेनीदेखि जोमसोम हुँदै कोरलासम्मको सडकमा बाढीपहिरोको जोखिम रहेका खण्ड पनि छन् । करिब २० किलोमिटर क्षेत्र पहिरोको जोखिममा रहेको बताइएको छ ।

यस्ता क्षेत्रमा वैकल्पिक सडक वा थप संरचना निर्माण नगरेसम्म चीनसँगको व्यापारका लागि कोरला नाका भरपर्दो वर्षभरि चल्ने मार्ग बन्न कठिन हुनेछ ।

रसुवागढीको क्षतिले दिएको अवसर

रसुवागढीमा भएको विनाशले नेपालको चीनसँगको व्यापारिक पूर्वाधार कति संवेदनशील छ भन्ने देखाएको छ । एउटा प्रमुख नाका अवरुद्ध हुँदा आयात–निर्यातको ठूलो हिस्सा तत्काल अर्को नाकातर्फ मोड्नुपर्ने अवस्था आएको छ ।

यही संकटले कोरला नाकालाई भने नयाँ अवसर दिएको छ ।

तर अवसरलाई व्यापारिक शक्तिमा बदल्न सरकारले नाका मात्र सञ्चालन गरेर पुग्दैन । भन्सार, सडक, सुरक्षा, क्वारेन्टाइन, डिजिटल प्रणाली, गोदाम, पार्किङ र वर्षभरि सञ्चालन हुने यातायात पूर्वाधार एकैसाथ विकास गर्नुपर्नेछ ।

गत आर्थिक वर्षको १४ अर्ब रुपैयाँभन्दा बढी आयात र चालु आर्थिक वर्षको ९ अर्ब रुपैयाँ राजस्व लक्ष्यले कोरला नाकाको सम्भावना देखाइसकेको छ ।

2