धादिङ। बाढीले बगाएर ल्याएको बैंकको सेफ फोडेर रकम निकाल्ने २९ जनालाई सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोलीले पक्राउ गरेको छ ।
सशस्त्र प्रहरीका प्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार पक्राउ परेकाहरूबाट ९२ लाख ६८ हजार ५०५ रुपैयाँ बरामद गरिएको छ ।
बाढीका क्रममा बैंकको सेफ नदीले बगाएर धादिङमा ल्याएको थियो । सेफ फोडेर रकम निकाल्ने कार्यमा संलग्न भएको आरोपमा उनीहरूलाई नियन्त्रणमा लिइएको थापाले जानकारी दिनुभयो ।
