Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

नेपालमा बाढीको जोखिमबारे समयमै सूचना दिन गुगलले सुरु गर्‍यो आपत्कालीन सेवा

नेपालमा बाढीको जोखिमबारे समयमै सूचना दिन गुगलले सुरु गर्‍यो आपत्कालीन सेवा
अ+ अ-

काठमाडौं। बाढी तथा अन्य प्राकृतिक विपद्को जोखिमबारे सर्वसाधारणलाई समयमै जानकारी उपलब्ध गराउन गुगलले नेपालमा आपत्कालीन सूचना सेवा सुरु गरेको छ।

गुगलले आफ्नो होमपेजमा ‘नेपाल फ्ल्यास फ्लड इमर्जेन्सी इन्फो एन्ड अपडेट्स’ नामको छुट्टै लिंक उपलब्ध गराएको हो। उक्त सेवामार्फत बाढीको पछिल्लो अवस्था, जोखिममा रहेका क्षेत्र तथा अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा प्रकाशित सम्बन्धित समाचार हेर्न सकिनेछ।

सेवामा गुगलको ‘फ्लड अलर्ट’ सहित बाढी प्रभावित तथा जोखिमयुक्त क्षेत्र देखाउने नक्सासमेत समावेश गरिएको छ। यसले प्रयोगकर्तालाई जोखिममा रहेका स्थान पहिचान गर्न र त्यहाँको अवस्थाबारे जानकारी लिन सहज बनाउनेछ।

गुगलका अनुसार यो सेवाको मुख्य उद्देश्य सरकारी निकायबाट जारी हुने बाढीसम्बन्धी पूर्वसूचना तथा चेतावनीलाई डिजिटल माध्यमबाट छिटो र प्रभावकारी रूपमा सर्वसाधारणसम्म पुर्‍याउनु हो।

जल तथा मौसम विज्ञान विभाग र बाढी पूर्वानुमान महाशाखाबाट प्राप्त सूचनालाई गुगल सर्च र गुगल म्याप्समार्फत प्रयोगकर्तासम्म पुर्‍याउने व्यवस्था गरिएको छ।

विशेषगरी बाढीको जोखिममा रहेका क्षेत्रमा रहेका नागरिकले समयमै चेतावनी पाएमा सम्भावित जोखिमबाट बच्न तथा आवश्यक परे सुरक्षित स्थानतर्फ जान निर्णय लिन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

2