Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

बाढीपीडितको राहतका लागि कृषि विकास बैंकले दियो ३ करोड

बाढीपीडितको राहतका लागि कृषि विकास बैंकले दियो ३ करोड
अ+ अ-

काठमाडौं। रसुवामा बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि कृषि विकास बैंकले ३ करोड रुपैयाँ सहयोग गरेको छ।

बैंकले उक्त रकम ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’मा जम्मा गरेको हो। शुक्रबार बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले अर्थमन्त्री स्वर्णिम वाग्लेलाई ३ करोड रुपैयाँको चेक हस्तान्तरण गरे।

चेक हस्तान्तरण कार्यक्रममा बैंकका सञ्चालक समिति अध्यक्ष टंकप्रसाद पाण्डे, उपमहाप्रबन्धक सुशील हुमागाईँ, विभागीय प्रमुख बीना शर्मा र वरिष्ठ शाखा प्रमुख ध्रुव पौडेलको उपस्थिति थियो।

बैंकले बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको छ।

देशका विभिन्न क्षेत्रमा बाढीका कारण हजारौँ नागरिक प्रभावित भइरहेका बेला राहत तथा पुनःस्थापनामा सहयोग गर्नु आफ्नो सामाजिक उत्तरदायित्व भएको बैंकले जनाएको छ।

विपद्को समयमा सबैलाई सहयोगका लागि आह्वान गर्दै बैंकले नेपाल सरकारको ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’मा सहयोग गर्न बैंक खाताको विवरण तथा क्यूआर कोडसमेत सार्वजनिक गरेको छ।

2