Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

मलेखु पुलको विकल्पमा वैकल्पिक सडक सञ्चालन, धादिङबेसी पुनः सडक सञ्जालमा जोडियो

मलेखु पुलको विकल्पमा वैकल्पिक सडक सञ्चालन, धादिङबेसी पुनः सडक सञ्जालमा जोडियो
अ+ अ-

काठमाडौँ । त्रिशूली नदीमाथिको मलेखु पुल बाढीले बगाएपछि सडक सम्पर्कविहीन बनेको धादिङ सदरमुकाम धादिङबेसी अब वैकल्पिक सडकमार्फत पुनः सडक सञ्जालमा जोडिएको छ।

परेवाटार–नेपालटार–गजुरीटार–पिपलटार–आदमटार–बेलिनटार–केउरिनीटार हुँदै मास्टारस्थित ह्याम्लेट रेष्टुरेन्टसम्म जोडिने वैकल्पिक सडक सञ्चालनमा ल्याइएको हो। सडक सञ्चालनसँगै धादिङबेसीबाट बाहिरी क्षेत्रतर्फ तथा सदरमुकामतर्फ हुने आवागमन पुनः सहज हुने भएको छ।

गत बुधबार रसुवाको भोटेकोशीमा आएको बाढीका कारण त्रिशूली नदीमाथिको मलेखु पुल बगेपछि धादिङबेसी जाने मुख्य सडक अवरुद्ध भएको थियो। पुल बगेसँगै सदरमुकामसँगको सडक सम्पर्क टुट्दा स्थानीयको आवागमन तथा यातायात सेवा प्रभावित भएको थियो।

मुख्य सडक अवरुद्ध रहे पनि वैकल्पिक मार्ग सञ्चालनमा आएपछि धादिङबेसीसँगको सडक सम्पर्क पुनः स्थापित भएको हो। यसले सदरमुकाम आवतजावत गर्ने सर्वसाधारण तथा मालवाहक सवारीसाधनलाई समेत राहत पुगेको छ।

2