Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

कृष्णभीरमा बाटो भासिएपछि पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध

कृष्णभीरमा बाटो भासिएपछि पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध
अ+ अ-

काठमाडौँ – धादिङको बेनीघाट रोराङ गाउँपालिका-७ स्थित कृष्णभीरमा बाढीका कारण सडक भासिएपछि पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ।

जिल्ला प्रहरी कार्यालय चितवनले सूचना जारी गर्दै नारायणगढ-काठमाडौँ सडक खण्डमा दुवैतर्फको यातायात आवागमन ठप्प भएको जनाएको छ। बाटो भासिएपछि नारायणगढबाट काठमाडौँतर्फ जाने र काठमाडौँबाट आउने सबै किसिमका सवारी साधनहरू अर्को सूचना नआएसम्मका लागि रोकिएका छन्।

प्रहरीले जोखिमयुक्त स्थानमा यात्रा नगर्न, सम्बन्धित निकायको निर्देशन पालना गर्न र सुरक्षालाई पहिलो प्राथमिकता दिन सर्वसाधारणमा अपिल गरेको छ।

सडक विभाग र स्थानीय प्रशासनको टोलीले अवरुद्ध राजमार्ग सञ्चालनमा ल्याउने प्रयास गरिरहेको भए पनि निरन्तरको जोखिमका कारण यात्रा नगर्न प्रहरीले आग्रह गरेको छ।

2