काठमाडौँ। आइतबार स्थानीय बजारमा सुनचाँदीको मूल्य घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोलामा ९ हजार ५०० रुपैयाँले घटेर ३ लाख ९ हजार रुपैयाँ निर्धारण भएको छ। गत शुक्रबार सुनको मूल्य प्रतितोला ३ लाख १८ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै,आज चाँदीको मूल्य पनि घटेको छ। महासंघका अनुसार आज चाँदीको मूल्य प्रतितोलामा एक सय ८५ रुपैयाँले घटेर ४ हजार ७८० रुपैयाँ कायम भएको छ। गत शुक्रबार चाँदीको मूल्य प्रतितोला ४ हजार ९६५ रुपैयाँमा कारोबार भएको थियो।
