Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

अर्घाखाँची सिमेन्टद्वारा बाढीपीडितका लागि एक करोड ११ लाख सहयोग

अर्घाखाँची सिमेन्टद्वारा बाढीपीडितका लागि एक करोड ११ लाख सहयोग
अ+ अ-

रुपन्देही। भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि अर्घाखाँची सिमेन्ट प्रालिले रु एक करोड ११ लाख सहयोग गरेको छ । कम्पनीका अध्यक्ष पशुपति मुरारका तथा प्रबन्ध निर्देशक राजेश अग्रवालले संयुक्त रूपमा उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका लागि अर्थमन्त्री स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेको हो ।

प्राकृतिक विपद्का कारण विभिन्न जिल्लामा ठूलो जनधनको क्षति भइरहेका बेला प्रभावित नागरिकको राहत तथा उद्धारमा सहयोग पुर्‍याउने उद्देश्यले उक्त रकम प्रदान गरिएको कम्पनीले जनाएको छ । विपद्को समयमा निजी क्षेत्रको सामाजिक उत्तरदायित्व महत्त्वपूर्ण हुने उल्लेख गर्दै उनीहरूले प्रभावित नागरिकको सहयोगका लागि सरकार, निजी क्षेत्र तथा सामाजिक सङ्घसंस्था एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिए ।

अर्घाखाँची सिमेन्टले विपद् तथा सङ्कटका समयमा पीडित नागरिकको सहयोगलाई प्राथमिकतामा राख्दै आगामी दिनमा पनि सामाजिक उत्तरदायित्वअन्तर्गत आवश्यक सहयोगलाई निरन्तरता दिने जनाएको छ ।

2