Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

चीनद्वारा २० लाख अमेरिकी डलर सहयोग

चीनद्वारा २० लाख अमेरिकी डलर सहयोग
अ+ अ-

काठमाडौँ। छिमेकी मुलुक चीनले भोटेकोशी बाढी प्रभावित क्षेत्रका लागि नेपाल सरकारलाई २० लाख अमेरिकी डलरको आकस्मिक बाढी राहत सहायता प्रदान गरेको छ ।

नेपालका लागि चीनका राजदूत झाङ माओमिङले आज अर्थमन्त्री डा स्वर्णिम वाग्लेसँग भेट गरी चिनियाँ सरकारद्वारा नेपाल सरकारलाई प्रदान गरिएको उक्त राहत सहायता हस्तान्तरण गर्नुभएको यहाँस्थित चिनियाँ दूतावासले जनाएको छ । उनले आजै चिनियाँ रेडक्रस सोसाइटीद्वारा नेपालको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई प्रदान गरिएको दुई लाख अमेरिकी डलर समेत हस्तान्तरण गरे। राजदूत माओमिङले नेपाल र चीनका लागि अहिलेको प्रमुख कार्य पहिरो विपत्तिको सामना गर्नु रहेको बताए।

नगद सहायता प्रदान गर्नुका साथै चीनले चिनियाँ सुरुङ उद्धार टोलीमार्फत विपद् प्रभावित क्षेत्रमा निरन्तर सहयोग गरिरहेको र राहत सामग्रीको पहिलो खेप पनि नेपाल आइपुगेको राजदूत माओमिङले बताए । चिनियाँ पक्षले नेपाललाई विपद् प्रभावित क्षेत्रका तस्बिर, जलविज्ञान तथा मौसमसम्बन्धी सूचना र अन्य सहयोगसमेत उपलब्ध गराउँदै आएको छ ।

सो अवसरमा मन्त्री डा वाग्लेले चीनको सहयोगप्रति आभार व्यक्त गर्दै कठिन समयमा दुवै देशबीच देखिएको गहिरो मित्रताको उच्च प्रशंसा गरे । उनले नेपालले प्राप्त सहयोगको पूर्ण सदुपयोग गर्ने, नेपालका विपद् प्रभावित क्षेत्रमा फसेका मानिसको उद्धारका लागि कुनै कसर बाँकी नराख्ने तथा विपद्पछिको योजना र पुनःनिर्माणमा द्विपक्षीय घनिष्ठ सहकार्यको अपेक्षा रहेको बताए ।

2