Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

बाढीपहिरोले काठमाडौँको आपूर्ति शृङ्खला प्रभावित

बाढीपहिरोले काठमाडौँको आपूर्ति शृङ्खला प्रभावित
अ+ अ-

काठमाडौँ। रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपहिरोका कारण पृथ्वी राजमार्ग र रसुवागढी नाका अवरुद्ध हुँदा काठमाडौँ उपत्यकाको आपूर्ति शृङ्खला प्रभावित भएको छ। मुख्य सडक बन्द भएपछि हजारौँ ढुवानीका साधन रोकिँदा खाद्यान्न, तरकारी तथा दैनिक उपभोग्य वस्तुको आपूर्ति प्रभावित हुने र मूल्य बढ्न सक्ने जोखिम देखिएको छ।

पृथ्वी राजमार्गको मुग्लिङ–काठमाडौँ खण्डसहित केही सहायक सडक अवरुद्ध हुँदा खाद्यान्न बोकेका ठूला कन्टेनर र ग्यास बुलेट उपत्यका भित्रिन सकेका छैनन्। सरकारले भने तत्काल अत्यावश्यक वस्तुको अभाव नहुने जनाएको छ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता नेत्रप्रसाद सुवेदीले बजारमा पर्याप्त खाद्यान्न मौज्दात रहेको भन्दै उपभोक्तालाई नआत्तिन आग्रह गर्नुभएको छ। मन्त्रालयले टोखा–छहरे–नुवाकोट र कान्ति राजपथलगायत वैकल्पिक मार्गबाट साना सवारीसाधनमार्फत खाद्यान्न ढुवानीको व्यवस्था मिलाइरहेको जनाएको छ।

मन्त्रालयका अनुसार खाद्य व्यवस्था तथा व्यापार कम्पनी, साल्ट ट्रेडिङ कर्पोरेसन र निजी क्षेत्रसँग काठमाडौँ उपत्यकाको दुईदेखि तीन महिनासम्मको माग धान्न सक्ने खाद्यान्न मौज्दात छ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनीकी निमित्त प्रमुख कार्यकारी अधिकृत शर्मिला सुवेदीका अनुसार थापाथलीस्थित बिक्री केन्द्रमा ३ हजार मेट्रिक टन चामल, १ हजार २०० क्विन्टल दलहन र ५०० क्विन्टलभन्दा बढी चिनी मौज्दात छ।

साल्ट ट्रेडिङका अनुसार करिब सात महिनालाई पुग्ने आयोडिनयुक्त नुन र दुई महिनालाई पुग्ने चिनी मौज्दात रहेको छ। वैकल्पिक मार्गबाट थप खाद्यवस्तु ल्याउने व्यवस्था भइरहेकाले तत्काल अभाव नहुने कर्पोरेसनका सूचना अधिकारी कुमार राजभण्डारीले बताए ।

उपभोक्ता अधिकारकर्मी प्रेमलाल महर्जनले बाढीपहिरोको मौका छोपेर व्यवसायीले कृत्रिम अभाव सिर्जना गरी मूल्य बढाउन सक्ने भन्दै प्रभावकारी बजार अनुगमन आवश्यक रहेको बताउनुभयो। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले पनि आपूर्ति अवरोधका नाममा हुन सक्ने मूल्यवृद्धि र कृत्रिम अभाव रोक्न बजार निगरानी बढाएको जनाएको छ।

2