Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt

कृष्णभीरमा भासिएको पृथ्वी राजमार्ग अध्ययन गर्न विज्ञ टोली

कृष्णभीरमा भासिएको पृथ्वी राजमार्ग अध्ययन गर्न विज्ञ टोली
A A+ A-

काठमाडौँ। पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा आइतबार बिहान सडक भासिएपछि सडक विभागले मर्मतको उपाय अध्ययन गर्न विज्ञ टोली पठाएको छ।

नौबिसे–मुग्लिन सडक आयोजनाको पश्चिम खण्ड मुग्लिन–मलेखुका रेजिडेन्ट इन्जिनियर प्रभुराज पाण्डेका अनुसार सडकको अवस्था तत्कालै सामान्य मर्मतबाट सञ्चालन गर्न सकिने खालको छैन। त्रिशूली नदीको बाढीले सडकको तल्लो भाग कटान गरेपछि करिब २० मिटर लामो सडकखण्ड भासिएर चर्किएको हो।

उनका अनुसार सो स्थानमा सडकको आधाभन्दा बढी भाग भासिएको छ। करिब ६० मिटर अग्लो सडक संरचना प्रभावित भएकाले तलबाट जग बलियो बनाएर पर्खाल उठाउने वा अन्य प्रविधिबाट मर्मत गर्ने भन्ने विषय विज्ञको अध्ययनपछि मात्र तय हुनेछ।

सडक विभागका महानिर्देशक डा. विजय जैसीका अनुसार काठमाडौंबाट विज्ञ टोली कृष्णभीरतर्फ पठाइएको छ। टोलीको अध्ययनपछि सडक कसरी र कति समयमा सञ्चालन गर्न सकिन्छ भन्नेबारे स्पष्ट हुने उनले बताए।

“तत्कालका लागि वैकल्पिक सडक प्रयोग गर्नुको विकल्प छैन,” जैसीले भने। विज्ञ टोलीको अध्ययनपछि एकतर्फी वा दुईतर्फी रूपमा सडक सञ्चालन गर्न सकिने सम्भावनाबारे निर्णय गरिने उनले बताए।

त्रिशूली नदीको जलस्तर बढेकाले अहिले सडकको तल्लो भागमा पुगेर विस्तृत निरीक्षण गर्नसमेत कठिन रहेको पाण्डेले बताए। नदीको पानी घटेपछि सडकको जगदेखि संरचना निर्माण गरी सडक उठाउने वा अन्य विकल्प अपनाउनेबारे निर्णय गरिनेछ।

कृष्णभीर राजधानी प्रवेश तथा बाहिरिने प्रमुख मार्गमध्ये एक हो। यस सडकबाट दैनिक करिब १४ हजार सवारीसाधन आवतजावत गर्ने गर्छन्।

यस क्षेत्रमा सन् २०५६ मा ठूलो पहिरो खसेपछि सडक तलबाटै उकासेर मर्मत गरिएको थियो। गत वर्ष पनि सोही स्थानमा सडक भासिएपछि मर्मत भइरहेको थियो। मर्मतकै क्रममा पुनः सडक भासिएर चर्किएको हो।

2