Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

विदुर–चोगटे–सरमथली–जिरोकिलो हुँदै रसुवा जोड्ने सडक स्तरोन्नति

विदुर–चोगटे–सरमथली–जिरोकिलो हुँदै रसुवा जोड्ने सडक स्तरोन्नति
अ+ अ-

काठमाडौं । बागमती प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गतको पूर्वाधार विकास कार्यालय नुवाकोटले नुवाकोट–विदुर–चोगटे– सरमथली– जिरोकिलो हुँदै रसुवा जाने सडकलाई विस्तार तथा स्तरोन्नति गर्न सुरुआत गरेको छ ।

यही भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीले नुवाकोटबाट रसुवा जाने सडक अवरुद्ध भएपछि प्रदेश सरकारले वैकल्पिक सडकलाई स्तरोन्नति गरेर सञ्चालनमा ल्याएको हो ।

बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले आज चोगटे–सरमथली–जिरोकिलो हुँदै रसुवा जाने वैकल्पिक सडक निर्माण तथा स्तरोन्नतिको काममा देखिएको समस्या समाधान गर्ने कामलाई निरन्तरता दिइएको सामाजिक सञ्जाल मार्फत जानकारी दिएको छ ।

उनले आवतजावत गर्ने नागरिकलाई कुनै कठिनाइ नहोस् र राहत तथा अत्यावश्यक सामग्रीको ओसारपसार सहज होस् भनेर सडक स्तरोन्नतिको काम भइरहेको बताए । विदुरदेखि जिरोकिलोसम्म करिब १५ किलोमिटर दूरी रहेको बताइन्छ ।

2