Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

शान्ति समाजद्वारा तीन लाख बाढीपीडितलाई सहयोग

शान्ति समाजद्वारा तीन लाख बाढीपीडितलाई सहयोग
अ+ अ-

काठमाडौँ। मानव अधिकार तथा शान्ति समाजले यही भदौ १० गते रसुवाबाट सुरु भएको विनाशकारी बाढी प्रभावितहरूको सहयोगका लागि रु तीन लाख प्रदान गरेको छ । उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको राष्ट्रिय वाणिज्य बैंकस्थित खातामा आज जम्मा गरिएको हो ।

शान्ति समाजले स्थापना गरेको १४ वटा स्रष्टा सम्मान पुरस्कार यस वर्ष स्थगन गरिएको जनाएको छ । सोही पुरस्कारका लागि प्रत्येक वर्ष छुटाइएको रु दुई लाख ८० हजार र समाजका महासचिव प्रकाश शाहीबाट प्राप्त रु २० हजार गरी कुल रु तीन लाख रकम बाढीपीडितको उद्धार तथा राहतका लागि सहयोगस्वरूप प्रदान गरिएको समाजका अध्यक्ष रेनुका पौडेलले जानकारी दिए।

पुरस्कार स्थापनार्थ अक्षयकोषमा सहयोग गर्ने समाजसेवी बद्रीप्रसाद पहाडीको परिवार, समाजका पूर्वसभापतिहरू गोविन्द खनाल, रामकृष्ण बराल र होमकान्त चौलागाई, पूर्व वरिष्ठ उपसभापति कृष्णबहादुर रावल र पूर्वकेन्द्रीय सदस्य सुदीप रिजालको सहमतिमा उक्त रकम बाढी पीडितको सहयोगार्थ प्रदान गरिएको उनले बताए ।

विसं २०७२ को भूकम्पपश्चात् पनि पीडितको सहयोगार्थ शान्ति समाजले प्रधानमन्त्री राहत कोषमा रु दुई लाख सहयोग गरेको थियो भने रु २३ लाख ९० हजारको राहत सामग्री पीडितहरूलाई सोझै वितरण गरेको थियो ।

2