Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt

भोटेकोशी बाढीपछि सडक पुनर्निर्माण तीव्र

भोटेकोशी बाढीपछि सडक पुनर्निर्माण तीव्र
A A+ A-

काठमाडौँ। भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका तटीय क्षेत्रमा सडक तथा अन्य भौतिक संरचनाको सफाइ, मर्मत र पुनर्निर्माणलाई तीव्रता दिइएको छ।

उद्धार तथा राहतसँगै तत्काल सडक सञ्जाल सञ्चालनमा ल्याउन सम्बन्धित जिल्ला प्रशासन र पूर्वाधार निकायले काम अघि बढाएका छन्।

नुवाकोटमा बाढीले क्षति पुर्‍याएको गल्छी–देवीघाट सडकखण्डको ठूलो खोला पुल मर्मत भइरहेको छ। प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीका अनुसार एक–दुई दिनभित्र पुलबाट सवारी सञ्चालन गर्ने लक्ष्य छ। तादी खोलाको बाढीले बगाएको पुलको विकल्पमा बेलिब्रिज राख्ने तयारी भइरहेको छ।

त्रिशूलीको ढुङ्गेबजारबाट रसुवा जाने सडक आंशिक रूपमा सञ्चालनमा आएको छ। बाहुनबेँसी–लाच्याङ–धुन्चे सडकमा साना सवारी सञ्चालन भइरहेका छन् भने ठूला सवारी चलाउन मिल्ने गरी मर्मत जारी छ। ढिकुरे–फेदीबेँसी–चोगाते तथा बोरेभञ्ज्याङ–ढुङ्गेधारा–वेत्रावती सडकमा पनि साना सवारी सञ्चालनमा छन्।

यसैगरी चोगाते–बोरेभञ्ज्याङ–विदुर, कोलोनी–बुद्धसिंहघाटलगायत वैकल्पिक सडक सञ्चालनमा ल्याइएको प्रशासनले जनाएको छ। कोलोनी ढुङ्गेलगायत क्षेत्रमा तुइन सञ्चालनका लागि आवश्यक सामग्री ल्याइसकिएको र विशेषज्ञ टोलीले स्थान पहिचान गरिरहेको छ।

पूर्वाधार विकासमन्त्री सुनील लम्सालका अनुसार त्रिशूली नदीको दायाँ किनार हुँदै कल्लेरीटार, कोशीखोला, पिपलटार, दर्शनटार, छत्रेखोला, गौरीबेँसी हुँदै त्रिशूली बजारसम्मको सडक पनि सञ्चालनमा आएको छ। यससँगै त्रिशूली पारिका नुवाकोटवासीको सदरमुकामसँगको सडक सम्पर्क पुनःस्थापित भएको छ।

धादिङमा फुर्केखोलाको पुल बाढीले बगाएपछि अवरुद्ध भएको धादिङबेँसी–त्रिशूली सम्पर्कका लागि मासटार–क्युरिनटार हुँदै त्रिशूली नदीको दायाँ किनारबाट वैकल्पिक सडक सञ्चालनमा ल्याइएको छ। फुर्केखोलामा तत्काल बेलिब्रिज राख्न कठिन देखिएपछि उक्त वैकल्पिक सडक स्तरोन्नति भइरहेको छ।

सरकारले सडक सञ्जाल पुनःस्थापनालाई राहत र उद्धारसँगै प्राथमिकतामा राखेको जनाएको छ। संघीय सरकारका मन्त्रीहरू प्रभावित क्षेत्रमा पुगेर उद्धार, राहत तथा पुनर्निर्माणको प्रगति अनुगमन गरिरहेका छन्।

2