Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt

भोटेकोशी बाढीमा २६ जना बैंकका कर्मचारी अझै बेपत्ता

भोटेकोशी बाढीमा २६ जना बैंकका कर्मचारी अझै बेपत्ता
A A+ A-

काठमाडौँ। भोटेकोशी–त्रिशूली नदीमा आएको विनाशकारी बाढीमा विभिन्न वाणिज्य बैंकका २६ कर्मचारी बेपत्ता भएका छन्। नेपाल बैंकर्स संघका अनुसार बाढी प्रभावित क्षेत्रमा १२ वाणिज्य बैंकका १७ शाखा तथा एक्सटेन्सन काउन्टर सञ्चालनमा थिए।

बेपत्ता हुनेमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका ७, माछापुच्छ्रे बैंकका ५, प्रभु बैंक र एनएमबी बैंकका ४-४, सानिमा र लक्ष्मी सनराइज बैंकका २-२ तथा ग्लोबल आईएमई र हिमालयन बैंकका १-१ कर्मचारी छन्। प्रभावित शाखा तथा काउन्टरमा कार्यरत ११५ जनामध्ये चार जना घाइते छन्।

बाढीले कृषि विकास बैंकको त्रिशूली, सिटिजन्स बैंकको देवीघाट, ग्लोबल आईएमईको टिमुरे, हिमालयन बैंकको बेत्रावती तथा सानिमा र एनएमबी बैंकका टिमुरे शाखा पूर्ण रूपमा ध्वस्त भएका छन्। प्रभु बैंकका टिमुरे र स्याफ्रुबेँसी शाखा, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको स्याफ्रुबेँसी शाखा तथा मैलुङ एक्सटेन्सन काउन्टर पनि पूर्ण क्षतिग्रस्त भएका छन्।

त्यस्तै, एनआईसी एसियाका त्रिशूली, स्याफ्रुबेँसी र बेत्रावती शाखा तथा लक्ष्मी सनराइज, माछापुच्छ्रे र नबिल बैंकका टिमुरे शाखामा पूर्ण क्षति पुगेको संघले जनाएको छ। प्रभावित १७ मध्ये ८ वटा शाखा टिमुरेमा थिए।

५५ करोडभन्दा बढीको भौतिक क्षति

बैंकर्स संघको प्रारम्भिक मूल्यांकनअनुसार बाढीबाट बैंकहरूको ५५ करोड ६८ लाख ७० हजार ५१७ रुपैयाँ बराबरको क्षति भएको छ। प्रभावित शाखाका भल्टमा रहेको १७ करोड २४ लाख ५७ हजार रुपैयाँ नगदसमेत जोखिममा परेको छ।

प्रभावित क्षेत्रमा रहेका ९ एटीएममा बाढीअघि १ करोड १६ लाख ६३ हजार रुपैयाँ नगद रहेको थियो। कृषि विकास बैंकको एटीएम क्षतिग्रस्त अवस्थामा फेला परे पनि अन्य एटीएमको अवस्था अझै यकिन हुन सकेको छैन।

बाढी प्रभावित शाखामा ७८ हजार २०४ निक्षेप खाता र २ हजार १२५ कर्जा खाता सक्रिय थिए। ती शाखामार्फत बैंकहरूले ४ अर्ब ४३ करोड १८ लाख रुपैयाँभन्दा बढी निक्षेप संकलन गरेका र २ अर्ब ४२ करोड ८० लाख रुपैयाँभन्दा बढी कर्जा प्रवाह गरेका थिए।

यसले बाढीको प्रभाव बैंकका शाखा र कर्मचारीमा मात्र सीमित नभई प्रभावित क्षेत्रको निक्षेप, कर्जा, नगद कारोबार र स्थानीय वित्तीय प्रणालीमै गम्भीर असर पारेको देखाएको छ।

2