Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt

विपद्को बेला नक्कली क्यूआरबाट ठगीको जोखिम बढेपछि राष्ट्र बैंकको चेतावनी

विपद्को बेला नक्कली क्यूआरबाट ठगीको जोखिम बढेपछि राष्ट्र बैंकको चेतावनी
A A+ A-

काठमाडौँ। रसुवामा भदौ १० गते आएको विनाशकारी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका नाममा नक्कली बैंक खाता र क्यूआर कोड प्रयोग गरी ठगी हुनसक्ने जोखिम बढेपछि नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सचेत गराएको छ।

राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागका अनुसार कोषको नाम दुरुपयोग गरी अनधिकृत रूपमा रकम संकलन गर्ने तथा ठगी गर्ने प्रयासका घटना सार्वजनिक भएका छन्। सहयोग रकम पठाउनुअघि खाता र भुक्तानी विवरण आधिकारिक भए–नभएको पुष्टि गर्न राष्ट्र बैंकले आग्रह गरेको छ।

मोबाइल बैंकिङ, डिजिटल वालेट, कनेक्ट आईपीएस वा अन्य विद्युतीय माध्यमबाट रकम पठाउँदा खाताको नाम ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ रहेको सुनिश्चित गर्नुपर्ने राष्ट्र बैंकले जनाएको छ। रकम पठाउनुअघि आफूले पठाउन लागेको रकमसमेत पुनः जाँच गर्न आग्रह गरिएको छ।

सामाजिक सञ्जाल, इमेल वा अपरिचित व्यक्तिबाट प्राप्त खाता नम्बर तथा क्यूआर कोड प्रयोग नगर्न र अनधिकृत क्यूआर कोड नस्क्यान गर्न राष्ट्र बैंकले चेतावनी दिएको छ। आधिकारिक खाता विवरणका लागि नेपाल राष्ट्र बैंक, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र अर्थ मन्त्रालयका वेबसाइटमा प्रकाशित सूचनालाई मात्र आधार बनाउन भनिएको छ।

सहयोगका नाममा कसैले एकपटक प्रयोग हुने संकेत नम्बर, गोप्य संकेत नम्बर, कूटशब्द वा अन्य संवेदनशील व्यक्तिगत विवरण मागेमा नदिनसमेत राष्ट्र बैंकले आग्रह गरेको छ।

ठगी भए तत्काल जानकारी दिन आग्रह

ठगीमा परेको वा ठगीको प्रयास भएको आशंका भए तत्काल सम्बन्धित बैंक तथा वित्तीय संस्था वा भुक्तानी सेवा प्रदायकलाई जानकारी गराउन सकिनेछ। साथै नेपाल प्रहरीको साइबर ब्युरो वा राष्ट्र बैंकको वित्तीय ग्राहक संरक्षण इकाईमा समेत जानकारी दिन सकिनेछ।

विपद्का बेला नागरिकले सद्भावपूर्वक पठाएको सहयोग रकम गलत व्यक्ति वा संस्थाको हातमा नपरोस् भनेर राष्ट्र बैंकले खाता र क्यूआर विवरण दोहोरो जाँच गरेर मात्र रकम पठाउन आग्रह गरेको हो।

2