Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt

भोटेकोशी बाढीबाट एनसेलको ९ करोडभन्दा बढीको क्षति

भोटेकोशी बाढीबाट एनसेलको ९ करोडभन्दा बढीको क्षति
A A+ A-

काठमाडौँ – गत भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक एनसेलको पूर्वाधारमा ९ करोड रुपैयाँभन्दा बढीको क्षति पुगेको छ। कम्पनीको प्रारम्भिक मूल्याङ्कन अनुसार बाढीले रसुवाको टिमुरेमा रहेको एउटा मोबाइल टावर र ६० किलोमिटरभन्दा बढी अप्टिकल फाइबर लाइन पूर्ण रूपमा नष्ट गरेको हो।

विपद्को यस कठिन परिस्थितिमा प्रभावित क्षेत्रका नागरिकहरूलाई निरन्तर सञ्चार सुविधा प्रदान गर्न एनसेलले विशेष राहत प्याकेज सञ्चालन गरिरहेको छ। कम्पनीले रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनका प्रभावित क्षेत्रका ३ लाखभन्दा बढी ग्राहकलाई लक्षित गरी गत बुधबारदेखि निःशुल्क भ्वाइस, डेटा र एसएमएस सेवा उपलब्ध गराएको छ। बाढी आउनुभन्दा अघिल्लो सात दिनमा ती क्षेत्रमा सक्रिय रहेका ग्राहकलाई यस सेवाका लागि योग्य बनाइएको थियो। सुरुमा तीन दिनका लागि लागू गरिएको यो सुविधा पछि थप सात दिनका लागि विस्तार गरिएको छ। सोमबारसम्ममा ग्राहकले प्रयोग गरेको निःशुल्क सेवाको कुल मूल्य १ करोड २० लाख रुपैयाँभन्दा बढी भइसकेको छ।

बाढी तथा पहिरोले फाइबर लिङ्कमा क्षति पुर्याउँदा नुवाकोट, रसुवा र धादिङमा एनसेलका २७ वटा टावर प्रभावित भएका थिए। कम्पनीको प्राविधिक टोलीले द्रुत गतिमा काम गर्दै २४ वटा टावर पुनः सञ्चालनमा ल्याइसकेको छ। बाँकी टावरहरूमध्ये रसुवाको घट्टेखोला र टिमुरेको साइट पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने नुवाकोटको विदुर र रसुवाको तिरुमा रहेका टावरहरू मर्मत गरी सञ्चालनमा ल्याउन प्राविधिकहरू खटिएका छन्।

सङ्कटको समयमा आपतकालीन सञ्चारलाई थप सहज बनाउन एनसेलले ब्यालेन्स टपअप नभएका कारण सेवा अवरुद्ध भएका २५ हजारभन्दा बढी सिम कार्डहरूसमेत पुनः सक्रिय गरिदिएको छ। यस कदमले प्रभावित क्षेत्रका नागरिकहरूलाई उद्धार तथा राहतका लागि परिवार र निकायहरूसँग सम्पर्क गर्न मद्दत पुगेको छ। यसका साथै एनसेलले नेपाल सरकार र नेपाल दूरसञ्चार प्राधिकरणसँगको समन्वयमा जनचेतनामूलक कल टोन र सन्देशहरू प्रवाह गरिरहेको छ। कम्पनीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्दा आधिकारिक माध्यम प्रयोग गर्न र सामाजिक सञ्जालमा विभत्स दृश्यहरू पोस्ट नगर्न समेत सर्वसाधारणसँग अपिल गरेको छ।

2