udenlandske casinoer uden dansk licens

See also — free ai gf for uncensored conversations

Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

जलजलामा सुकुम्वासी र अव्यवस्थित बसोबासीका लागि जग्गा नाप जाँच थालियो

जलजलामा सुकुम्वासी र अव्यवस्थित बसोबासीका लागि जग्गा नाप जाँच थालियो
A A+ A-

म्याग्दी। म्याग्दीको सदरमुकाम बेनीबजारसँगै रहेको पर्वतको जलजला गाउँपालिकामा भूमि समस्या समाधान समिति पर्वतले जग्गा नाप जाँच सुरु गरेको छ।

भूमिहीन दलित, भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा उपलब्ध गराउने उद्देश्यसहित जलजला गाउँपालिका–३ पर्वत बेनीमा बुधबारदेखि नाप जाँच सुरु गरेको हो।

समितिका अध्यक्ष पनि रहनुभएका प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद पौडेलले जग्गा नाप जाँचको काम सुरु भएको जानकारी दिए। “वडा र गाउँपालिकाले प्रमाणित गरेका निवेदकको जग्गाको स्थलगत नाप जाँच गर्न थालिएको छ,” उनले भने, “अन्य वडा र पालिकामा पनि सो काम अगाडि बढ्छ।”

आवश्यक प्रतिवेदन तयार पारी जग्गा पहिचान, कित्ताकाट, सार्वजनिक जग्गालाई सरकारबाट व्यक्तिको नाममा दिन स्रेस्ता कायम गरिनेछ। त्यसपछि पालिकामै पुगेर जग्गाधनी प्रमाण पुर्जा वितरण गर्ने कार्य योजना बनाइएको छ।

यसअघिका जिल्ला भूमि आयोगमा रहेका अभिलेख र निवेदनका आधारमा नाप जाँचको काम थालिएको हो। एक हजार ८८ जना भूमिहीन दलित, भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोबासीको निवेदन स्थानीय तहबाट प्रमाणीकरण भएर समितिमा आएको नापी कार्यालय पर्वतका प्रमुख नापी अधिकृत दिनेश लामिछानेले बताए।

“जलजला गाउँपालिकाबाट ३४० जनाको निवेदन प्रमाणीकरण भएर आएको छ,” उनले भने, “नापजाँचसँगै समितिको कार्यादेश र क्षेत्राधिकार तथा मापदण्डका आधारमा जग्गाधनी प्रमाणपत्र वितरणको तयारी गरिएको छ।”

नापजाँचपछि विधि, प्रक्रिया र मापदण्डअनुसार दिन मिल्ने जग्गा सुकुम्वासी तथा अव्यवस्थित बसोबासीलाई उपलब्ध गराउने र नमिल्ने सार्वजनिक जग्गा खाली गरी संरक्षण गरिने जलजला गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यले बताए।

स्थानीय यमुना परियारले करिब तीन दशकदेखि बस्दै आएको जग्गाको नाप जाँच भएपछि लालपुर्जा पाउने आशा पलाएको बताए। “जग्गाधनी प्रमाणपुर्जाको आशमा निवेदन दिएको वर्षौँपछि नाप जाँच सुरु भएकामा खुसी लागेको छ,” उनले भने, “लालपुर्जा पाउने आशा जागेको छ।”

2

Betsixty

Einen Blick wert — crypto casino für spannende Casino-Action