Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel bahsegel bettilt-app.com bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis bahsegel güncel giriş bahsegel bettilt giriş bettilt

भोटेकोशी बाढी प्रभावित १५ स्थानीय तहलाई १३ करोड ५० लाख निकासा

भोटेकोशी बाढी प्रभावित १५ स्थानीय तहलाई १३ करोड ५० लाख निकासा
A A+ A-

काठमाडौं । सरकारले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित पाँच जिल्लामा १५ स्थानीय तहका लागि १३ करोड ५० लाख रुपैयाँ निकासा गरेको छ। सरकारले दुई चरणमा गरी ती पालिकामा उक्त रकम निकासा गरेको हो।

बाढी गए लगत्तै रसुवा र नुवाकोटका लागि १/१ करोड र धादिङका लागि ५० लाख रुपैयाँ दिने निर्णय गरेको थियो। त्यसपछि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमार्फत पहिलो चरणमा भदौ १२ गते ६ करोड ५० लाख र भदौ १६ गते ६ करोड ५० लाख गरी १३ करोड ५० लाख रुपैयाँ निकासा गरेको हो।

रसुवाको उत्तरगया गाउँपालिकाका लागि १ करोड ५० लाख, गोसाइँकुण्ड गाउँपालिकाका लागि २ करोड, कालिका गाउँपालिकाका लागि ६० लाख र आमा छोदीङ्मो गाउँपालिकाका लागि ४० लाख रुपैयाँ निकासा गरिसकेको छ।

त्यसैगरी नुवाकोटको विदुर नगरपालिकाका लागि ३ करोड, बेलकोटगढी नगरपालिकाका लागि १ करोड ७५ लाख, किस्पाङ्ग गाउँपालिकाका लागि ५० लाख, तारकेश्वर गाउँपालिकाका लागि १ करोड रुपैयाँ निकासा गरिएको छ।

धादिङको गल्छी गाउँपालिकाका लागि ६० लाख, सिद्धलेक गाउँपालिकाका लागि ४० लाख, गजुरी गाउँपालिकाका लागि ४० लाख, बेनीघाट गाउँपालिकाका लागि ४० लाख रुपैयाँ निकासा गरिएको छ।

साथै गोरखाको गण्डकी गाउँपालिकाका लागि ४० लाख र तनहुँको देवघाट गाउँपालिकाका लागि ४० लाख र आबुँखैरनी गाउँपालिकाका लागि ४० लाख रुपैयाँ निकासा भइसकेको छ।

त्यसैगरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा हालसम्म ७ अर्ब ८८ लाख ५७ हजार २१७ रुपैयाँ जम्मा भएको छ। जसमध्ये राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई भदौ १६ गते १ करोड रुपैयाँ उपलब्ध गराएको थियो।

हाल कोषमा ६ अर्ब ८८ लाख ५७ हजार २१७ रकम मौज्दात छ। साथै प्रधानमन्त्री राहत कोषमा थप ६१ लाख ४१ हजार ७०२ अमेरिकी डलर जम्मा भएको छ।

2