Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

‘बैंक तथा बित्तीय संस्था र व्यवसायीबिच सम्बन्ध सुमधुर हुनपर्छ’

अ+ अ-

कैलाली- नेपाल राष्ट्र बैंकका गर्भनर डा.विश्वनाथ पौडेलले बैंक तथा बित्तीय संस्था र व्यवसायीबिचमा सम्बन्धमा सुधारमा जोड दिनुभएको छ । नेपाल राष्ट्र बैंक धनगढी कार्यालयले सोमबार धनगढीमा आयोजना गरेको उद्योगी, बैंक तथा बित्तीय संस्था र ऋणीहरुसँगको छलफल कार्यक्रममा सहभागि गर्भनर पौडेलले आर्थिक गति चलायमान गर्न र समस्याको सामाधान गर्न बैंक तथा बित्तीय संस्था र व्यवसायीबिचमा सम्बन्धमा सुधारमा जोड दिनुभएको हो ।

ऋणीहरु प्रति बैंक तथा बित्तीय संस्थाका कर्मचारीको ब्यवहार सुमधुर नभएको गुनासो सुन्दै आएको बताउनुहुँदै गर्भनर पौडेलले बैंक र बित्तीय क्षेत्रले कारोबारीहरुसँगको व्यबहार परिर्वतनमा जोड दिनुभयो । बैंकरहरुले आफ्ना ग्राहकसँग संयमित भएर सम्झाई बुझाई समस्या सामाधानको बाटो खोज्नु पर्ने उहाँको भनाइ छ । ऋणीहरुलाई गाली गर्ने धम्काउने तथा विभिन्न प्रकारका डर देखाउने कार्या कदापी गर्न नहुँने गर्भनर पौडेलले बताउनुभयो ।

कोभिडिपछि अर्थतन्त्रमा केही समस्या देखा परेको बताउनु हुँदै उहाँले भन्नुभयो, “अर्थतन्त्रमा देखिएका समस्याहरु आगामी मौद्रिक निति मार्फत सुधारको प्रयास गर्छु । कोभिड लगायत अन्य आकस्मीक घटनाहरुले अर्थतन्त्रमा केही समस्या पैदा गर्ने गरेको छ यसको समस्याको पहिचान गरेर समस्या सामाधान गर्छ । ”

जनताको सल्लाह र समास्याका आधारमा आफुले अर्थ निति बनाउने बताउनु हुँदै उहाँले भन्नुभयो,“म गर्भनर भएपछि जनताका समास्याका आधारमा निति बनाउने उदेश्य लिएको छु । जस अन्र्तगत मध्यलोक मार्ग हुँदै जेठ २३ गते देखी सारोकारवालाहरुको गुनासो सुन्दै धनगढी पुगेको छु । सारोकारवालका गुनासका आधारमा आगामी मौर्दिक निति बनाउँछु ।”

नेपाल–भारतको सीमा क्षेत्र र पहाडी जिल्लामा रहेको धितो मूल्याकंन नहुने भएपनि न्युन हुने भन्ने गुनासो छ, यसलाई बिज्ञसँग छलफल गरी सुधार गर्ने समेत गर्भनर पौडेलले बताउनुभएको छ ।

उहाँले साना ब्यवसायी, किसानका, युवा स्वरोजगार प्रर्वद्धन गर्ने उद्ेश्यका साथ आफुले काम गर्ने बताउनुभयो । सबैखाले ब्याबसायी , लगानीकर्ता बैंक तथा बित्तिय क्षेत्रका समस्या सामाधानमा आफु क्रियाशिल रहने उहाँको भनाइ छ ।

कार्याक्रमा सहभागिहरुले बैंक तथा बित्तीय संस्थाहरुले पहुँचको आधारमा ऋण लगानी गर्ने, चर्को ब्याज,स्टार्टअफ कर्जा,बैंकहरु ब्यवहार राम्रो नभएको, कृर्षि कर्जामा समस्या भएको लागायतमा समस्या व्याक्त गरेका थिए ।

सहभागिका जिज्ञासाको जवाफ दिनुहुँदै नेपाल राष्ट्र बैंकका बैंक तथा बित्तीय संस्था नियमन विभागका निर्देशक गुरुप्रसाद पौडेलले सरोकारवालका समस्या समाधान गर्ने प्रतिबद्धता व्याक्त गरे ।

छलफल कार्याक्रमा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा बैंक सुपरिवेक्षण विभागका दीर्घबहादुर रावल, गर्भनर कार्यालयका कायम मुकायक कार्यकारी निर्देशक शरण कुमार अधिकारी, नेपाल राष्ट्र बैंक धनगढी कार्यालयका केशबबहादुर केसी, उद्योग वाणिज्य संघका पादाधिकारीहरु, बैंकर एसोसियन लगायत सरकोकारवलाहरुको सहभागिता रहेको थियो ।

नेपाल सरकारले नेपाल राष्ट्र बैंकको १८ औँ गर्भनरको रुपमा नियुक्त गरेपछि सरोकारवालाहरुको गुनुसो र समस्या पहिचान गर्न गर्भनर पोडेल धनगढी आउनुभएको थियो ।

2