Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt

कोरला नाकामा फलफूल आयात बढेपछि क्वारेन्टाइनमा जनशक्ति थप

कोरला नाकामा फलफूल आयात बढेपछि क्वारेन्टाइनमा जनशक्ति थप
A A+ A-

मुस्ताङ। चीनसँगको उत्तरी सीमा नाका कोरलाबाट पहिलोपटक फलफूल आयात हुन थालेपछि लोमान्थाङ गाउँपालिका-४, नेचुङस्थित प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रमा जनशक्ति परिचालन गरिएको छ।

रसुवागढी भन्सार कार्यालय बाढीका कारण प्रभावित भएपछि चिनियाँ फलफूल लिजी-नेचुङ नाका हुँदै नेपाल भित्रिन थालेको हो।

प्लान्ट क्वारेन्टाइनकी प्राविधिक सहायक बन्दना घर्ती मगरका अनुसार नाकाबाट दुई हजार ९०० कार्टुन नासपाती र एक हजार १०० कार्टुन चिनियाँ आँप जाँचपास भएको छ। समुद्र सतहबाट चार हजार ६५० मिटर उचाइमा रहेको उक्त नाकाबाट फलफूल आयात गर्दा ५० हजार रुपियाँ राजस्व सङ्कलन भएको छ। यसअघि जोमसोममा रहेको सम्पर्क कार्यालयमा दुई जना मात्र कर्मचारी कार्यरत थिए।

वरिष्ठ बाली संरक्षण अधिकृत प्रकाश पौडेलले क्वारेन्टाइनमा आवश्यक उपकरण व्यवस्थापनको तयारी भइरहेको जानकारी दिनुभयो। वर्तमानमा छोसेरमा रहेको भवन प्रयोगविहीन अवस्थामा रहेकाले टेन्टबाटै परीक्षण र जाँचपास कार्य भइरहेको छ। कोरला नाकाबाट विद्युतीय सवारीसाधन, घरायसी सामग्री, कस्मेटिक र कपडाका साथै खाद्यान्नसमेत आयात हुँदै आएको छ।

यसैबीच, पशुपन्छी क्वारेन्टाइनमा पशु चिकित्सकसहित तीन जनाको दरबन्दी अझै रिक्त छ। पशु क्वारेन्टाइन पोखराका प्रमुख डा. गणेश केसीका अनुसार चीनबाट आयातित कृषि तथा पशुजन्य वस्तुको जाँचमा समस्या देखिएमा उपल्लो मुस्ताङ, पोखरा वा चोभारको सुख्खा बन्दरगाहमा परीक्षण गरिने छ। चाडपर्वलाई लक्षित गरी चीनबाट भेडाच्याङ्ग्रासमेत भित्रिने गरेकाले क्वारेन्टाइन परीक्षण अनिवार्य गरिएको छ।

2