Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt

एक वर्षमा पुरानै लयमा फर्कँदै भाटभटेनी

एक वर्षमा पुरानै लयमा फर्कँदै भाटभटेनी
A A+ A-

काठमाडौँ। जेन-जी आन्दोलनका क्रममा क्षति बेहोरेको भाटभटेनी सुपरमार्केट एक वर्षभित्रै पुनः आफ्नो व्यावसायिक लयमा फर्किएको छ।

देशकै ठूलो व्यापारिक चेनका २८ मध्ये २१ वटा स्टोर तोडफोड, लुटपाट र आगजनीबाट प्रभावित भएका थिए।

कम्पनीका अनुसार प्रभावित २१ मध्ये १७ वटा स्टोर अहिले सञ्चालनमा आइसकेका छन्। आन्दोलनमा १२ वटा स्टोरमा आगजनी भएको थियो, जसमध्ये ८ वटा पुनः सञ्चालनमा आइसकेका छन्।

सुनसरीको धरान, काठमाडौँको नक्साल, मकवानपुरको हेटौँडा र झापाको दमक शाखा सञ्चालनको प्रक्रियामा छन्। कम्पनीले असोज मसान्तसम्म यी बाँकी शाखाहरू पनि सञ्चालनमा ल्याउने योजना बनाएको छ।

आन्दोलनका क्रममा महाराजगञ्ज, बौद्ध, कोटेश्वर, बालुवाटार वायरहाउस, नक्साल, पोखरा, चितवन, हेटौँडा, बिर्तामोड, दमक, विराटनगर र धरानका स्टोरमा आगजनी भएको थियो।

त्यस्तै, कलंकी, ठिमी, बालाजु, जनकपुर, बुटवल, वीरगञ्ज, धनगढी, इटहरी र भैरहवाका स्टोरमा तोडफोड र लुटपाट भएको थियो। टोखा, सातदोबाटो, अनामनगर, सानो गाउँ, वल्र्ड ट्रेडसेन्टर, पाटन र नेपालगञ्जका स्टोर भने सुरक्षित रहेका थिए।

आन्दोलनले कम्पनीको भौतिक संरचना, वित्तीय व्यवस्थापन र विस्तारमा दबाब सिर्जना गरेपनि एक वर्षको अवधिमा नियमित व्यावसायिक गतिविधि सुचारु भएको छ।

पुनर्निर्माणसँगै कम्पनीले अन्तर्राष्ट्रिय मोडलमा सेवा विस्तार गर्ने योजना अघि सारेको छ। यसैक्रममा भक्तपुरको राधेराधे शाखामा रात्रिकालीन सेवा समेत सुरु गरिएको छ।

2