Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt

मुख्य राजमार्ग अवरुद्ध हुँदा उपत्यकामा ग्यासको चरम अभाव

मुख्य राजमार्ग अवरुद्ध हुँदा उपत्यकामा ग्यासको चरम अभाव
A A+ A-

काठमाडौँ। मुख्य राजमार्गमा गएको बाढीपहिरोका कारण एलपी ग्यासको ढुवानी प्रभावित भएपछि काठमाडौँ उपत्यकामा ग्यासको अभाव देखिएको छ।

तराईका बोटलिङ प्लान्टबाट हुने नियमित आपूर्ति अवरुद्ध हुँदा डिलरहरूमा उपभोक्ताको चाप ह्वात्तै बढेको छ।

नेपाल आयल निगमका प्रवक्ता मनोजकुमार ठाकुरका अनुसार सडक अवरोधका कारण तराईबाट काठमाडौँतर्फ हुने ग्यास ढुवानीमा समस्या आएको हो।

निगमले हाल कान्ति लोकमार्ग लगायतका वैकल्पिक मार्ग प्रयोग गरी ग्यास आपूर्ति गर्ने प्रयास गरिरहेको जनाएको छ। प्रवक्ता ठाकुरले सडक सहज हुनेबित्तिकै आपूर्ति नियमित हुने बताए।

ग्यास उद्योगीहरूका अनुसार वैकल्पिक मार्गहरू साँघुरो हुनुका साथै पहिरोको जोखिम रहेकाले ठुलो परिमाणमा ढुवानी गर्न कठिनाइ भइरहेको छ। यसले गर्दा ग्यास ढुवानीमा सामान्य अवस्थाभन्दा बढी समय लाग्ने गरेको छ।

साल्ट ट्रेडिङ कर्पोरेसनका नायब प्रमुख कुमार राजभण्डारीले सडकमा रोकिएका बुलेटलाई अन्य प्लान्टतर्फ डाइभर्ट गरी आपूर्ति निरन्तर राख्ने प्रयास भइरहेको जानकारी दिए।

उपत्यकाका विभिन्न डिलरमा ग्यास लिन उपभोक्ताको लामो लाइन देखिएको छ। कतिपय डिलरले पसलभित्र ठाउँ अभाव भएपछि सडक किनारमै सिलिन्डर वितरण गरिरहेका छन्। वनस्थली ग्यास ट्रेडर्सका सञ्चालक रामचन्द्र खड्काले मागअनुसार ग्यास नआउँदा धेरै उपभोक्ता रित्तै फर्किनुपर्ने बाध्यता रहेको बताए।

ग्यासको अभावले घरायसी उपभोक्तासँगै होटल, रेष्टुरेन्ट र होस्टेल सञ्चालकहरू पनि प्रभावित भएका छन्। होस्टेल सञ्चालिका मोना पराजुलीले ग्यास पाउन घण्टौँ लाइन बस्नुपरेको र विद्यार्थीलाई खाना खुवाउन समस्या भएको बताए।

यसैबीच, बजारमा कृत्रिम अभाव वा कालोबजारी हुन सक्ने भन्दै अनुगमनको माग बढेको छ। नेपाल आयल निगमले भने उपभोक्तालाई आत्तिएर आवश्यकताभन्दा बढी ग्यास सञ्चय नगर्न आग्रह गरेको छ।

2