Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt

सूर्यविनायक-धुलिखेल सडक विस्तारमा ढिलाइ, स्थानीयवासी मर्कामा

सूर्यविनायक-धुलिखेल सडक विस्तारमा ढिलाइ, स्थानीयवासी मर्कामा
A A+ A-

काठमाडौं। काठमाडौं उपत्यकालाई काभ्रेपलाञ्चोकसँग जोड्ने सूर्यविनायक-धुलिखेल सडक विस्तार आयोजनाको काम सुस्त हुँदा स्थानीयवासी र यात्रुले सास्ती खेप्नुपरेको छ।

१६ किलोमिटर लामो यो सडकलाई छ लेनमा विस्तार गर्ने लक्ष्यसहित तीन वर्षअघि काम सुरु गरिएको थियो। तोकिएको ३६ महिनाको अवधिमा काम पूरा नभएपछि आयोजनाको म्याद थप गरिएको छ।

आयोजनाका अनुसार हालसम्म सिङ्गो आयोजनाको भौतिक प्रगति करिब ६१ प्रतिशत मात्र पुगेको छ। बजेट अभाव, निर्माण स्थलमा देखिएका अवरोध, प्राविधिक समस्या र विद्युत्का पोल तथा खानेपानीका पाइप सार्न भएको ढिलाइले निर्माण कार्य प्रभावित बनेको छ। आयोजनाको कूल लागत १० अर्ब ५० करोड रुपैयाँ अनुमान गरिएको छ।

सडकलाई सूर्यविनायक-साँगा र साँगा-धुलिखेल गरी दुई खण्डमा विभाजन गरेर काम भइरहेको छ। साँगा-धुलिखेल खण्डमा ६८ प्रतिशत भौतिक प्रगति भए पनि सूर्यविनायक-साँगा खण्डको प्रगति ५४ प्रतिशतमा सीमित छ। पुल निर्माणको काममा पनि ढिलाइ देखिएको छ। एम-एस हिमडुङ एन्ड थोकर-रामजानकी जेभीसँग सम्झौता भएको पुल निर्माणको भौतिक प्रगति हालसम्म १० प्रतिशत मात्र छ।

आयोजनाका इन्जिनियर विष्णु खनालले डिजाइन संशोधन र प्राविधिक आवश्यकताका कारण पुल निर्माणमा समय लागेको बताए। त्यस्तै, आयोजना कार्यान्वयन एकाइकी सूचना अधिकारी अञ्जु परियारले बजेट अभावले निर्माण व्यवसायीको भुक्तानीमा समस्या हुँदा कामको गति प्रभावित भएको जानकारी दिइन्।

निर्माणका क्रममा धुलो, हिलो र अव्यवस्थित डाइभर्सनका कारण स्थानीय व्यापारी र यात्रुले सास्ती भोग्दै आएका छन्। सामान्य अवस्थामा ४५ मिनेटमा पार गरिने दूरीका लागि अहिले दुई घण्टासम्म लाग्ने गरेको यात्रुहरूको गुनासो छ। आयोजना कार्यालयले अब २०८३ पुसभित्र छ लेनको सडक निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याउने नयाँ कार्ययोजना बनाएको छ। सडक पूर्ण रूपमा तयार भएपछि काठमाडौं उपत्यकाको पूर्वी नाकामा हुने सवारी चाप घट्ने र व्यापारिक गतिविधिमा सहजता आउने अपेक्षा गरिएको छ।

2