Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt

भोटेकोशी बाढी पीडितका लागि वीरगन्जमा राहत संकलन जारी

भोटेकोशी बाढी पीडितका लागि वीरगन्जमा राहत संकलन जारी
A A+ A-

पर्सा। भोटेकोशी बाढीबाट प्रभावित नागरिकका लागि वीरगन्जमा राहत संकलन कार्य जारी रहेको छ।

स्थानीय विभिन्न संस्था, मेडिकल कलेज र विद्यालयहरूले बाढीपीडितको उद्धार तथा पुनः स्थापनाका लागि आर्थिक सहयोग उपलब्ध गराएका छन्।

वीरगन्जस्थित नेसनल मेडिकल कलेजका प्रबन्ध निर्देशक शाहनवाज अन्सारीका अनुसार मेडिकल कलेजले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु ७५ लाख जम्मा गरेको छ। यो सहयोग बाढी तथा अन्य प्राकृतिक विपद्बाट प्रभावित नागरिकको राहत र उद्धार कार्यमा खर्च गरिने जनाइएको छ।

यसैगरी, स्थानीय व्यवसायी तथा समाजसेवी नीरज सर्राफले पनि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु दुई लाख ५१ हजार सहयोग गरेका छन्। शैक्षिक संस्थाहरूले पनि सक्रियता देखाएका छन्।

साउथ जोन माध्यमिक विद्यालयले रु एक लाख ५५ हजार ५५३, विद्यालयका अभिभावक र विद्यार्थीले रु ४६ हजार १८२ तथा शिक्षक र कर्मचारीले आफ्नो एक दिनको तलब सहयोग गरेका छन्। नेपाल पुलिस स्कुल शान्तिपुरका विद्यार्थीले रु ९५ हजार ७८३ उपलब्ध गराएका छन्।

निजी तथा आवासीय विद्यालय सङ्गठन नेपाल (प्याब्सन) पर्साले पनि बाढी प्रभावित परिवारका लागि रु १५ लाख राहत रकम उपलब्ध गराएको छ।

आर्थिक सहयोगका अतिरिक्त वीरगन्जका स्थानीय युवाहरूले विभिन्न राहत सामग्री सङ्कलन गरी प्रभावित क्षेत्रमा पठाउने कार्य गरिरहेका छन्।

2